डलरमा कविता ! घ्वाच्च घ्वाच् देशलाई नघाेच

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २९, २०८०

मन भरीका रहर बाेकेर सम्बन्धमा ताल्चा ठाेकेर
बिदेेश गएपछि पासा पलट्टै पल्टिन्छ भन्ने म
मेसिन सरह चल्न पर्दा र आफ्ना पाटपुर्जाले काम बिराउँदा
बल्ल झल्याँस्स भै ब्युँझिन्छु,
बिउँझिँदा त राति बाह्र बज्दैछ
अब निदाएकाे बाहनामा फेरी सुत्नै पर्याे ।

देशमै छँदा १२ वर्ष जति कविताहरुसँग उठबस गरियाे,
भानुभक्तका नाममा कविता लेखियाे,
कविता त साना साना विषयमा पनि धेरै लेखियाे
उतिबेला खुला आकशमुनी हुने कार्यक्रमहरुमा
कविता लेखेर जानुपर्ने बाध्यता थियाे,
बाध्यात्मक कविता लेख्ने मुस्कानहरु !
आज डाक्टर भै, पाेइट आइडलमा धुम मच्चाइरहेकि छिन् ।
दुई प्रष्ट साहित्य मैदानमा कहिले कता कहिले कता लडिबुडी गरेकाे भएर हाेला सायद !
कविता सुन्न सुनाउन मज्जा लाग्छ,
उसै माथी राजेन्द्र मामाले झप्काम् भाञ्जा भनेकाे कानमा ताजै छ ।
नयाँकाे सुन्ने र अबसरलाई प्रयाेग गर्न दिने देशकाे साहित्य धेरै मलिलाे,

उता देखे जस्ताे र भाेगेजस्ताे यता हैन रैछ,
यता कविता डबली बाट क्लब उक्लेछ,
साँझमा कवितालाई इत्ति चुसुक्कबाट शुरु गर्नै पर्ने
बिहान कवितालाई गुड मर्निङ भन्नै पर्ने,
कविता लेेख्दा डलरकाे समय खर्च हुने भएर हाेला सायद
कविता वाचन गर्न पनि डलर नै खर्च गरेर क्लब मार्फत
ह्वास्स गन्हाएकाे सासले ठ्वास्स पर्दै
प्रतिकृयावादी कलमले घ्वाच्च ! घ्वाच्च ! देशलाई घाेचेर
जनयुद्धलाई कालाे सामय र नरसंहारकाे संज्ञा दिँदै
पुँजीवादकाे नाेकरीमा मुखै नधाेई निस्कनेहरुले !
अधिकारकाे नाममा सरापीरहेकाे टुलुटुलु हेरेर बस्नै पर्याे ।

कथित विश्व सम्मेलनमा विभिन्न देशकाे प्रतिनिधित्व गर्नेहरुले,
आफ्नै भाइ भतिजा छाेरा छाेरी र श्रीमतीहरु सहभागी गराएर,
मनमाैजी सम्मान बाँडेकाे त पहिलै पटक हाे झैँ देखिने गरि
साहित्यकाे अपमान त गरे गरे,
हलभरी आफैँ खाँदिएर आयाेजक देशका सङ्घ सँस्थालाई समन्वय नै नगरी
सहभागी नभएकाे गुनासाे र डलरमा सदस्यता नलिएकाे झाेँकमा अर्काे अपमान गरे ,
तिनले अपमान गर्न बाँकी राखेनन्, यति सम्म गरेकी
नेपालीहरुकाे साहित्य सम्मेलनमा आफु बस्ने देशबाट काेटा ताेकेर कार्यपत्र प्रस्तुत गरे, अझै नेपालकाे काेटाबाट जापान कार्यक्षेत्र भएकी डा. सहभागी भै अर्काे अपमान गरे । याे अपराध त महाकविकाे पनि वेदना हाे । नेपालका साहित्यकार त यति नै त हाे रैछ भनेर सहनै पर्याे ।
ईतिहास नै परम्परा हाे भन्ने पर्याे । कार्यपत्रहरुले मुर्त रुप त डलरमै पाउँछन् हाेला तर लिस्बन घाेषणा पत्रमा के सार्वजनिक हाेला ?
चासाे छ है भन्नै पर्याे । औं लाेभ लागेकाे अनेसासकाे सदस्यता हातैमा पर्नैलागेकाे बेला
साेचनीय बनेर अपमानहरुकाे चाङ्गले चेेपिन मन नलागेर
मनलाई साेधेँ; ए राताे रगतकाे मालिक ! तँ के गर्छस् ?
प्राप्त असहमतिले म राेकिएँ ।
भिन्नता भन्ने कुरा बस्ने्ने देश र समानता भन्नेकुरा भाषा हुनेले
बाेल्नका लागि बिदेश हिँडेकाहरुले
आज बाेल्न पाउने बनाउने ब्यवस्थाका बिरुद्ध किन बाेल्न पर्याे ?
मञ्चका लागि डलर खर्चेकाहरुले
न बाेल्नुथ्याे बाेलीहाले सहनै पर्याे ।
साहित्यकार उम्दाकाे हूँ भन्न बाँडिएका किताबहरुमा
कान्ति र राता मान्छेहरुकाे विषयमा
वमन गरिएकाे विषयले मअवाक थिएँ, खाेतल्दै हेरिरहेकाे थिएँ,
त्यही आन्दाेलनलाई विषय र बाटाे बनाएर
परदेशमा डलरले समय किन्नेहरुले तिनका रचना मार्फत
जनयुद्ध प्राप्त उपलब्धीमाथी वमन गरिरहेका थिए,
एकाध थान राता मान्छेहरु पनि सम्मान थापेर सहिरहेका थिए, बानीपरेर हाेला कान र आँखा दुबै चलाख थिएनन् । कार्यक्रममा मेराे पनि भन्नुथियाे ।
अफसाेच !
काैतुहलता मरिसकेकाे थियाे, तृष्णा सुकेकाे थियाे ,
तर अझै आशा मरेकाे थिएन ।
सञ्चालिकहरु फेरिइरहेका थिए,
पालैपालाे मैले मेराे पनि सहभागिताकाे विषय भनिरहेँ
अबसर मागिरहेँ, किनभने मैले भन्नुथियाे
तर पाइनँ
मैले भन्नुथियाे कि !
पलायनहरुले जनयुद्ध अवसरका रुपमा प्रयाेग गरे
पलायनहरुले जनयुद्धलाई अवसरका रुपमा प्रयाेग गरिरहनेछन् ।
पलायनहरुले जनयुद्धलाई दुत्कारिरहनेछन् ।
राता मान्छेहरुलाई नदुत्कार भन्ने अबसर पनि दिने छैनन् ।
मञ्चमा बसेर भाषा र संस्कृतिका नाममा अझै दुत्कारिरहनेछन्। बन्द गर अब । देशलाई घाेच्न र दुत्कार्न ।
अब त अत्ति भएन र पृयमनहरु !
(सन्दर्भ: अनेसास आठाैँ विश्व सम्मेलन लिस्बन)