धादिङको दशौं एन्फा लिगको खेल अपडेट

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २८, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा धादिङको धुनीबेसी नगरपालिका स्थित निमार्णाधिन रंगशालामा आईतबार (हिजो) बाट धादिङको दशौं एन्फा लिग प्रतियोगिता जारी छ । प्रतियोगितामा १० टिम मध्य ८ टिमले मात्रै भाग लिने भएका छन् । धादिङ समाज धादिङ र इन्द्राणी युवा क्लव, गजुरीले आर्थिक अभावका कारण प्रतियोगितामा सहभागिता नजनाउने बताईएको छ ।

आईतबार भएको खेलमा विद्यार्थी उपमार संघलाई १-० ले पाजित गर्दै धुनीबेसी युवा क्लवले विजयी सुरुवात गर्दै ३ अंक प्राप्त गरेको थियो भने आजको पहिलो खेलमा इन्द्राणी युवा क्लव, गजुरी खेल्न नआएपनि स्वत गजुरी सामुदायी विकास समाज गजुरीले ३ अंक बटुलेको छ ।

यस्तै आजको दोस्रो खेल विद्यार्थी उपकार संघ र गलौदी युवा क्लव, गजुरीले गोल रहित खेल्दै १–१ अंक बाडेका छन् भने आजको अन्तिम खेल भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङले ब्वाईज युनाईटेड, नीलकण्ठले १-१ गोल बराबरी खेले सँगै १-१ अंक बाडेका छन् । भद्रकालीका लागि जर्सी नम्बर ११ का सुमन मगर र ब्वाईज युनाईटेडका लागि जर्सी नम्बर १४ सागर गुरुङले गोल गरेका थिए ।

भोली फागुन २९ गतेको खेल तालिका

  • बिहान ८ः३० बजे धादिङ समाज धादिङ, नीलकण्ठ vs न्यू स्टार युवा क्लव, थाक्रे
  • दिउँसो १ बजे पञ्चकन्या युवा क्लव, थाक्रे vs ब्वाईज युनाईटेड, नीलकण्ठ
  • दिनको २ः३० बजे धुनीबेसी युवा क्लव, धुनीबेसी vs गलौदी युवा क्लव, गजुरी

यस प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र उपविजेता टिमलाई ७५ हजार र सान्तोना २ टिमलाई २५–२५ हजार प्रदान गरिने छ भने पाँच उत्कृष्ट विधामा पर्ने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने समेत महासचिव रामहरि थापाले धादिङपाेष्टलाई बताए ।

कुन पोलमा कुन टिम
पोल ‘A’
गजुरी सामुदायीक विकास समाज गजुरी
भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ
इन्द्राणी युवा क्लव, गजुरी
पञ्चकन्या युवा क्लव, थाक्रे
ब्वाईज युनाईटेड, नीलकण्ठ

पोल ‘B’
विद्यार्थी उपकार संघ, नीलकण्ठ
धुनीबेसी युवा क्लव, धुनीबेसी
धादिङ सामाज धादिङ, नीलकण्ठ
गलौदी युवा क्लव, गजुरी
न्यू स्टार युवा क्लव, थाक्रे