धादिङको दशौं एन्फा लिग सुरु, धुनीबेसीको जितको सुरुवात

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २७, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघको आयोजनामा आज देखि सुरुभएको दशौं जिल्ला लिग फुटबल प्रतियोगिता सुरुभएको छ । आज भएको पहिलो खेलमा धुनीबेसी युवा क्लव–धुनीबेसीले जितको सुरुवात गरेको छ ।

१० टिम सहभागी हुने यस प्रतियोगितामा आज धुनीबेसीले विद्यार्थी उपकार संघ पात्लेलाई १-० को गोल अन्तरले पराजित गर्दै जितको सुरुवात गरेको हो । आज उद्घाटनको दिन भएकोले एक खेल भएपनि भोली देखि बिहान ८ बजे देखि नै खेल सुरुहुने बताईएको छ ।

कार्यवहाक अध्यक्ष रमेश अधिकारीको सभापतित्व तथा महासचिव रामहरि थापाको संचालनमा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सदस्य मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा एन्फा केन्द्रीय समितिका उपाध्यक्ष दिपक खतिवडा र धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको विशेष आतिथ्यता रहेको थियो ।

कुन पोलमा कुन टिम
पोल ‘A’
गजुरी सामुदायीक विकास समाज गजुरी
भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ
इन्द्राणी युवा क्लव, गजुरी
पञ्चकन्या युवा क्लव, थाक्रे
ब्वाईज युनाईटेड, नीलकण्ठ

पोल ‘B’
विद्यार्थी उपकार संघ, नीलकण्ठ
धुनीबेसी युवा क्लव, धुनीबेसी
धादिङ सामाज धादिङ, नीलकण्ठ
गलौदी युवा क्लव, गजुरी
न्यू स्टार युवा क्लव, थाक्रे

प्रथम हुने टिमलाई १ लाख ५० हजार र उपविजेता टिमलाई ७५ हजार र सान्तोना २ टिमलाई २५–२५ हजार प्रदान गरिने छ भने पाँच उत्कृष्ट विधामा पर्ने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने समेत महासचिव रामहरि थापाले धादिङपाेष्टलाई बताए ।

दशौं लिगको खेल तालिका