धादिङको जिल्ला लिगको खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २५, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघले यहि फागुन २७ देखि चैत्र ६ गते सम्म संचालन हुने जिल्ला लिगको खेल तालिका बिहिबार सार्वजनिक गरेको छ । प्रतियोगितामा १० टिमले भाग लिने छन् ।

कुन पोलमा कुन टिम
पोल ‘A’
गजुरी सामुदायीक विकास समाज गजुरी
भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ
इन्द्राणी युवा क्लव, गजुरी
पञ्चकन्या युवा क्लव, थाक्रे
ब्वाईज युनाईटेड, नीलकण्ठ

पोल ‘B’
विद्यार्थी उपकार संघ, नीलकण्ठ
धुनीबेसी युवा क्लव, धुनीबेसी
धादिङ सामाज धादिङ, नीलकण्ठ
गलौदी युवा क्लव, गजुरी
न्यू स्टार युवा क्लव, थाक्रे

धुनीबेसीको निर्माणधिन रंगशालामा हुने यस प्रतियोगिताको उद्घाट बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने कार्यक्रम रहेको छ । ABC खेलेका खेलाडीले भाग लिन नपाउने यस प्रतियोगिताको विजयी टिमले प्रदेश स्तरीय लिग खेल्न पाउने संघका महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।

प्रथम हुने टिमलाई १ लाख ५० हजार र उपविजेता टिमलाई ७५ हजार र सान्तोना २ टिमलाई २५–२५ हजार प्रदान गरिने छ भने पाँच उत्कृष्ट विधामा पर्ने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने ससमेत महासचिव थापाले बताए ।

धादिङको अहिले सम्मको जिल्ला लिगको सफलता
दशौं संस्करण सम्म आईपुग्दा जिल्ला लिग मध्य आठौं संस्करणले जिल्लाको उचाई कामय राखेको थियो जिल्ला लिग, प्रदेश लिग हुँदै अन्तर प्रदेश धादिङ सामाज धादिङ, नीलकण्ठले खेलेको थियो । त्यसपछि भएको नवौं जिल्ला लिग विजेता विद्यार्थी उपकार संघले भने प्रदेश र अन्तर प्रदेश लिग नहुँदा भाग लिनै पाएन ।