धादिङको एन्फा लिग खेल तालिका सर्‍यो

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १५, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल संघले यहि फागुन १९ देखि जिल्ला स्तरीय दशौं एन्फा लिग गर्ने कार्यतालिका थियो तर सोही समयमा नीलकण्ठको सुनौलाबजारमा मुकुन्द सेन स्मृति कप हुने भएकोले एक साता पछि लिग गर्ने निर्णय भएको एन्फा धादिङका महासचिव रामहरी थापाले बताए ।

मुकुन्द सेन स्मृति कपका आयोजकले आग्रह गरे बमोजिम लिग एक साता पछि सारिएको बताउँदै महासचिव थापाले भने कति गतेबाट हुने भन्ने खेल तालिका आज साँझ सम्म सूचना जारी गरेर जानकारी दिईने बताएका छन् ।

यस दशौं जिल्ला लिग खेल्ने १० क्लवहरु
१. विद्यार्थी उपकार संघ, नीलकण्ठ
२. धुनीबेसी युवा क्लव, धुनीबेसी
३. इन्द्राणी युवा क्लव, गजुरी
४. गलौदी युवा क्लव, गजुरी
५. धादिङ सामाज धादिङ, नीलकण्ठ
६. न्यू स्टार युवा क्लव, थाक्रे
७. पञ्चकन्या युवा क्लव, थाक्रे
८. भद्रकाली सामुदायीक विकास समाज, बेनीघाट रोराङ
९. गजुरी सामुदायीक विकास समाज गजुरी
१० ब्वाईज युनाईटेड, नीलकण्ठ

नीलकण्ठ नगरपालिकाको सर्वाधिक पुरस्कार राशीको सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता यहि फाुन १९ गतेबाट सुनौलाबजारमा हुने खेल संयोजक लक्ष्मण रम्तेलले बताएका छन् । एन्फा धादिङले लिग खेल तालिका परिवर्तन गरि सहयोग गरेकोमा धन्यावाद दिएका छन् ।

रम्तेलका अनुसार सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५–५ हजार पुरस्कार प्रदान गरिने छ ।