स्मरण: मैदीमा मनाईएको त्यो जनयुद्ध दिवस

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १, २०८०

विश्व कम्यूनिष्ट आन्दोलनको अग्रदस्ता कम्युनिष्ट आन्दोलनको मेरुदण्ड तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा सुरु भएको गाउँबाट शहर घेर्ने चिनिया मोडल र आवश्यकतामा रसियन मोडललाई समेत आधार मानेर जनयुद्ध सुरुगरिएको ऐतिहाँसिक दिन फागुन १ हो ।

तत्कालीन राज्यसत्ताले नेपाली जनतामाथी गरेको अन्याय, अत्याचार, शोषण, दमन, लुटलाई सहन नसकि वन्दुकले टिकेको राज्य सत्तालाई बन्दुकले ठिक पार्नु पर्दछ भनि स्पष्ट हिसाबले आफ्ना राजनितीक मागपत्रको कुनै पनी सुनुवाई नभईसकेपछि सम्पूर्ण जाती जनजाती मुस्लीम, दलित महिला आफ्नो अधिकारको निमित्त संगठित र फौजी हिसावले नेपाली राजनैतीक इतिहाँसको सबै विद्रोह र क्रान्ति भन्दा फरक र नयी ढङ्‌गको जनयुद्धको सुभ साइत हो फागुन १ हो ।

वर्ग संघर्ष चियापानको खेल होइन यो त भयानक युद्ध हो यदि तिमी आफु सँगै दुनियाँलाई बदलना चाहान्छौ भने यातनाका हरेक दस्तावेजहरुमा हस्ताक्षर गर्ने हिम्मत गर्नु पर्दछ यदि तिम्रो भागमा मृत्यु मैं किन नपरोस –क. माओ

जनयुद्ध उत्कर्ष तिर पुग्दै थियो सम्पूर्ण ग्रामिण इलाकाहरू साओवादीको कब्जामा आइसकेका थिए स्थानीय जनसरकार गठन र कानुनी अभ्यासहरु सुचारु भइरहेका थिए हजारौ हजार जनताहरू माओवादीमा गोलबन्द्ध थिए। केहि मुठ्ठीभर मानिसहरु मात्र पुरानो सत्ताको राय र तापमा रमाइरहेका थिए देश ३ वटा धुर्वमा वाडीएको थियो । १. ग्रामिण इलाका ८० प्रतिशत भू-भाग सहित जनसरकार, जनमुक्ति सेना २. प्रतिक्रियावादी सत्त्ता तत्कालीन श्री ५ को सरकार ३. सात राजनैतीक पार्टी

२०६२ माघको अन्तीम तिर हामी इलाकाको बैठक बस्यौ र नियमित बैठकका एजेण्डामाजी छलफल गर्दै फागुन १ गतेको जनयुद्ध दिवस कहाँ र कसरी मनाउने भन्ने विषयमा छलफल गर्दा हाम्रो ईलाका भित्रको ऐतिहासीक र राजनैतिक हिसावले पनि हाम्रो राम्रो प्रभाव रहेको र इलाकाको उच्च तहको वलिदानी भएको क. विष्णु भट्ट, सोम बहादुर थापा, र वासु कडेल (विवास), डुकु मगरातीको गिरफ्तार पछि हत्या, शिलुको रगतले सिंचिएको धादिङ जिल्लाको मैदी तत्कालीन विसो गाउँ जनसरकार जहाँ बदला भाव लिएर सहिद परिवारका सदस्यहरू लक्ष्मी, समिक्षा तत्कालीन (माओवादी) जनयु‌द्ध‌मा आफ्ना वृद्ध बुवा आमार वालाक छोरा छोरीलाई आफन्तको जिम्मा लगाएर मुक्ति या मृत्युको कसम खाएर युद्धको मोर्चामा बदला भावका साथ होमिनु भएको थियो ति सहिद परिवारका बुवा आमाबाट अर्सिवाद लिने र आम जनतासँगै (माओवादी) युद्धको बारेमा बुझाउने दुस्मनले घरेका भ्रमलाई मेटाउन‌को लागी पनि हामिलाई फागुन १ मैदीमानै मनाउनु पर्ने विश्लेषण गर्दै निर्णयमा पुगेका थियौं ।

२०६२ फागुन १ म तत्कालीन (माओवादी) पार्टीको पुर्णकालीन कार्यकर्ता थिए मेरा र हामी सबै नेता कार्यकताको लागी जनयुद्ध दिवस ठुलो पर्व, चाडको रुपमा मनाउने गर्छौ किनभने हामी आफ्नै मौलिकतामा सुरु भएको ऐतिहासिक दिनको रुपमा यस पर्वलाई आम जनता सँगै एकाकार रहदै हामीखुसीका साथ आफ्नो सुरक्षा सतर्कता सहित केहि नेता कार्यकर्ताहरु धादिङ जिल्लाका विभिन्न इलाकाहरूमा आ–आफ्ना इलाकाको सापेक्षतामा मनाउने गर्दथ्यौ मेरो कार्यक्षेत्र तत्कालीन मध्य क्षेत्रमा पर्दथ्यो ।

यस दिन हामी शैलेस, श्याम, अर्पणा, उमेश, सरोज, समिक्षा, लक्ष्मी, पवन लगायतका अन्य कमोडहरु सो इलाका को केन्द्र भाग धादिङ जिल्लाको मैदी (विसो) गाउँ जनसरकारको सातदोवाटेमा जनतासँगै साक्षतकार गरि विहान जनतालाई हामी सबै नेता कार्यकर्ता रातो अबिरको टिका लगाएर बालबालिकालाई मिठाई वितरण गरे हर्सोल्लासका साथ डावनले भनेकै संघर्षको जिवनने सुखको जिवन होु जस्तै गरी हजारौ पिडा कष्ट, हैरानी सहेर र बिर्सिएर सुनौलो भविश्य बोकी युद्ध लुकिमा होमिएका राता मान्छेहरूको जमघट‌ले सातदोवाटे बतासे लगायतका बस्तीहरु रङ्गीन हुन पुगे जनताहरु केहि त्रसित रहे केहि खुसी थिए । भरखरै मात्र संस्कृत माविमा निर्माण गरिएको सुरुङ होस् या सामाजीक जागरणको निमित्त समिभञ्ज्याङ, उमाविका विद्यार्थी सहित मैदीको पिपलटारमा गरिएको सामाजीक चेतनाको कामले गर्दा पनि त्यहाको राजनिती बढेको थियो । त्याहा हामो कार्यक्रमलाई धेरै लामो समय टिकाउन गाह्रो थियो तत्कालीन शाही नेपाली सेना हाम्रो पिछा गरिरहेको थियो तर पनि सान्दार रुपले हामीले २०६२ फागुन १ लाई आफ्नो उत्सवको रुपमा मैदीमा मनाएका थियौं । तस्वीर साङ्केतिक