धादिङ । गणित शिक्षा परिषद धादिङले चार वर्ष पछि फेरि गणित विषयको हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । यस अघि ०७५ र ७६ मा गणित विषयको हाजिरी जवाफ प्रतियोगिता गरेको परिषदले अब देखि हरेक वर्ष गर्ने जनाईएको छ ।
परिषदका जिल्ला सचिव उत्तम भट्टका अनुसार कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले भाग लिन पाउने अन्तर विद्यालय स्तरीय उक्त प्रतियोगिता फागुन १९ गते हुने छ ।