धादिङमा रनिङ शिल्ड जारी, नीलकण्ठ २० स्वर्ण सहित अग्रतामा अन्य पालिकाको सूची समेत

Avatar photo
Dhadingpost
सोमवार, माघ १५, २०८०

धादिङ । धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आईतबार बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरे सँगै धादिङबेसीमा जारी छ । अहिले सम्म सम्पन्न भएको खेलहरुमा नीलकण्ठ नगरपालिका १६ स्वर्ण पदक सहित अग्र स्थानमा छ ।

गत वर्षको १२ औं राष्ट्रपति रनिङ शिल्ड विजेता समेत रहेको नीलकण्ठ नगरपालिकाले यो वर्षको रनिङ शिल्ड पनि जित्ने पक्का पक्की जस्तै देखिएको छ भने ११ औं राष्ट्रपति रनिङ शिल्ड विजेता धुनीबेसीले यो १३ औ संस्करणको खेल जारी रहँदा अहिले सम्म १ वटा पनि स्वर्ण जित्न सकेको छैन यस्तै १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बेनीघाट रोराङले यो प्रतियोगितामा हाल सम्म २ स्वर्ण हात पारेको छ ।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको यस जिल्लाका १३ वटै पालिका करिव ९५० जना खेलाडीहरुले भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टका खेलहरु प्रतिस्पर्धा गरेका छन् ।

नीलकण्ठ नगरपालिका २० स्वर्ण
प्रदिप तामाङ तेक्वान्दो ४५ केजी तर्फ
पावल तामाङ तेक्वान्दो ५१ केजी तर्फ
आयुष तामाङ तेक्वान्दो ५५ केजी तर्फ
हेमन्त तामाङ तेक्वान्दो ५९ केजी तर्फ
आशिका तामाङ तेक्वान्दो ४२ केजी तर्फ
अञ्जिता तामाङ तेक्वान्दो ४६ केजी तर्फ
प्रमिता तामाङ तेक्वान्दो ४९ केजी तर्फ
कविता तामाङ तेक्वान्दो ५२ केजी तर्फ
विराज तामाङ कराते ४७ केजी तर्फ
अर्जुन तामाङ कराते ५२ केजी तफ
राजीव गुरुङ कराते ५७ केजी तर्फ
स्नेह तामाङ कराते ४० केजी तर्फ
रिदिमा खड्का कराते ४५ केजी तर्फ
रितु खड्का कराते ५० केजी तर्फ
दिपराज गुरुङ कराते ६२ केजी तर्फ
सुप्रिया तामाङ कराते एकल काता
इमानुल तामाङ ४०० मिटर दौड
विकास तामाङ सटपुट
लक्ष्मी तामाङ तेक्वान्दो पुम्से
आशिस तामाङ तेक्वान्दो पुम्से

रुवीभ्याली ३ स्वर्ण
वसन्त तामाङ कराते ४२ केजी तर्फ
सन्जु घले कराते
मनमायाँ घले कराते

गजुरी ४ स्वर्ण
सुदिप घले लङजम्प
निराजन सुवेदी ८०० मिटर दौड
विना मगर ज्याभ्लिङ थ्रो
आर्नव रेग्मी कराते एकल काता

ज्वालामुखी ३ स्वर्ण
हिरा कुमाल लङजम्प
हिरा कुमाल १०० मिटर दौड
रञ्जिता शाक्य ४०० मिटर दौड

थाक्रे ३ स्वर्ण
रोशन श्रेष्ठ हाईजम्प
आयूष खतिवडा १०० मिटर दौड
सिर्जना श्रेष्ठ सटपुट

बेनीघाट रोराङ २ स्वर्ण
रितु बोहोरा तेक्वान्दो ४४ केजी तर्फ
रोशन मगर तेक्वान्दो ४८ केजी तर्फ

गंगाजमुना २ स्वर्ण
विष्णु विक हाईजम्प
सुसुरज थापा १५०० मी. दौड

गल्छी १ स्वर्ण
सम्झना दर्जी १५०० मी. दौड

सिद्धलेक १ स्वर्ण
शिशिर पुलामी मगर ज्याभ्लिङ थ्रो