नेत्रावती डवजोङको रनिङ शिल्ड निरन्जनाले जित्यो

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ५, २०८०

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मार्पाक स्थित निरन्जना माध्यामिक विद्यालयले ११ स्वर्ण, ७ रजत र ७ कास्य पदक ल्याई जितेको छ ।

उक्त प्रतियोगितामा मंगलदेवी माध्याकिम विद्यालयले ९ स्वर्ण, ४ रजत र ५ कास्य सहित द्वितिय, कुण्डलादेवी माविले ६ स्वर्ण ५ रजत र ८ कास्य सहित तृतिय हुँदा महेन्द्र बाराहीले १ स्वर्ण, रजत र ७ कास्य ल्याउँदा चौतारा माविले १ स्वर्ण ९ रजत र १ कास्य पदकमा चित्तबुझाएको छ ।

दुई पटक लगातार रनिङ शिल्ड जितेको निरन्जना गत वर्ष तेस्रो भएको थियो भने गत वर्ष ५ स्वर्ण सहित प्रथम भएको मंगलादेवी यो पटक दोस्रो भयो । गत वर्ष दोस्रो भएको कुण्डाला यो पटक तेस्रोमा झरेको छ ।