नेत्रावती डवजोङको रनिङ शिल्ड, मंगलादेवीले जित्यो (सम्पूर्ण खेल नतिजा समेत)

Avatar photo
Dhadingpost
बुधबार, माघ २५, २०७९

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिले मंगलबार चौतारा माध्यामिक विद्यालय प्राङगणमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेको छ । प्रतियोगितामा ५ स्वर्ण सहित मंगलादेवी मावि प्रथम, कुण्डलादेवी मावि २ स्वर्ण सहित दोस्रो, यस अघि लगातार २ पटक रनिङ शिल्ड जिति सकेको निरञ्जना यो पटक भने १ स्वर्ण सहित तृतिय स्थानमा झरेको छ ।

५ वटा माध्यामिक विद्यालय रहेको यस गाउँपालिकाका सबै विद्यालयहरुले सहभागिता जनाएका थिए भने प्रतियोगितामा चार विधाका खेलहरु मौ समावेश गराईएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय हरेराम साहको सभापतित्वमा भएको समापन कार्यक्रममा विजेता विध्यालय र विद्यार्थीहरुलाई प्रमुख अतिथि गाउँपालिका उप प्रुमुख सितामायाँ गुरुङ, विशेष अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ, गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङ अतिथि वडाअध्यक्षहरुले पुरस्कार वितरण गरेका थिए ।

विद्यालय तर्फको नतिजा
प्रथम: मंगलादेवी मावि ५ स्वर्ण २ रजत र १ कास्य
दोस्रो: कुण्डलादेवी मावि २ स्वर्ण २ रजत र १ कास्य
तेस्रो: नीरञ्जना मावि १ स्वर्ण ३ रजत र १ कास्य
चौथो: चौतारामावि १ रजत
पाचौं: महेन्द्रबाराही मावि ५ कास्य

विद्यार्थीतर्फको नतिजा
सटपुट छात्र तर्फ

प्रथम: अनिल राना मगर मंगलादेवी मावि
दोस्रो: राजन तामाङ, कुण्डलादेवी मावि
तृतिय: तेन्जिन तामाङ महेन्द्रबाराही मावि
सटपुट छात्रा तर्फ
प्रथम: आकृति थापामगर मंगलादेवी मावि
दोस्रो: विपा तामाङ चौतारा मावि
तृतिय: कृष्णा तामाङ कुण्डलादेवी

ज्याबलिङथ्रो छात्र तर्फ
प्रथम: रोहित तामाङ कुण्डला मावि
दोस्रो: दिनेश अधिकारी निरञ्जना मावि
तेस्रो: अमित रानामगर मंगलादेवी मावि
ज्याबलिङथ्रो छात्रा तर्फ
प्रथम: अरुणा तामाङ मंगलादेवी मावि
दोस्रो: रेखा विश्वकर्मा, कुण्डलादेवी मावि
तृतिय: सुनिता गुरुङ नीरञ्जना मावि

लङ्ग जम्प छात्र तर्फ
प्रथम: सुजन थापामगर मंगलादेवी मावि
दोस्रो: सुदिप घले नीरञ्जना मावि
तृतिय: सुनिल तामाङ महेन्द्रबाराही मावि
लङ्ग जम्प छात्रा तर्फ
प्रथम: प्रमीशा कार्की नीरञ्जना मावि
दोस्रो: रविना थापा मगर मंगलादेवी मावि
तृतिय: कोपिला घिमिरे महेन्द्रबाराही मावि

हाईजम्प छात्र तर्फ
प्रथम: सुमन पौडेल मंगलादेवी मावि
दोस्रो: दिनेश तामाङ चौतारा मावि
तृतिय: दिपक खनाल महेन्द्रबाराही मावि
हाईजम्प छात्रा तर्फ
प्रथम: अञ्जना डंगोल कुण्डलादेवी मावि
दोस्रो: सलिना श्रेष्ठ मंगलादेवी मावि
तृतिय: बिमला तामाङ महेन्द्रबाराही मावि