नेत्रावती डब्जोङको राष्ट्रपति रनिङ शिल्ड निरन्जनाले जित्यो

Avatar photo
Dhadingpost
बुधबार, पुस २३, २०७६

धादिङ पुस २३ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित कुन्डला माध्यामिक विद्यालयमा भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड, मार्पाकको निरन्जना माध्यामिक विद्यालयले जितेको छ ।

मार्पाकको निरन्जना माध्यामिक विद्यालयले १६ स्वर्ण, ७ रजत र ३ कास्य गरि २६ पदक जितेको थियो भने मार्पाक कै मङ्गलादेवी माध्यामिक विद्यालयले ५ स्वर्ण, १२ रजत र ८ कास्य सहित २५ पदक लिँदै द्धितीय भन्न सफल भएको थियो ।

यस्तै सह-आयोजक विद्यालय कुण्डलादेवी माध्यामिक विद्यालयले ५ स्वर्ण, ५ रजत र ४ कास्य सहित १४ पदक ल्याउँदै सान्तोना स्थान हासिल गरेको थिए ।

गाउँ पालिका स्तरीय यस प्रतियोगिताको हरेक विधाको खेलमा स्वर्ण पदक जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउने छन् ।

नेत्रावती डब्जोङ गाउँपालिकाले १३ औं साग खेलकुद प्रतियोगितामा नेपालका लागि रजत पदक दिलाउने स्थानीय गणेश प्रधानलाई सम्मान गरेको छ ।

बक्सिङ खेलाडी गणेश प्रधान सम्मानित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाले नेपालका लागि पदक विजेता प्रधानलाई नगद १० हजार सहित सम्मान गरेको हो । नेत्रावती डब्जोङ गाउँपालिका थर्र्पुका प्रधानले ८१ केजी तौल समुह (लाईट हेभी) तर्फ नेपालका लागि रजत पदक जितेका थिए

यस अघि सिद्धलेक गाउँपालिकाले सागमा पदक विजेता सोनी गुरुङलाई नगद १ लाख दिएर सम्मान गरेको थियो ।