नेत्रावती डवजोङको राष्ट्रपति रनिङ शिल्ड निरन्जना माविमा माघ २ गते देखि हुने

Avatar photo
Dhadingpost
आइतवार, पुस २२, २०८०

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २–४ गते सम्म नीरञ्जना माध्यामिक विद्यालय मार्पाकमा गर्ने भएको । फाईल तस्वीर

वडा नम्बर १ का अध्यक्ष एवम् पालिकाका प्रवक्ता समेत रहेका ठाकुर गुरुङका अनुसार यो पटक खेलकुद उत्सवका रुपमा पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने छ । गत वर्ष आर्थिक अभावका कारण ससबै विधाका खेलहरु नसकेको बताउँदै यो पटक सबै विधाका खेलहरुमा विद्यार्थीहरुले भाग लिन पाउने र जिल्लाका लागि छनोट गरिने समेत प्रवक्ता गुरुङले बताए ।

पाँच वटा मावि रहेको नेत्रावती डवजोङ गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक डोलमायाँ तामाङका अनुसार पालिका भित्र रहेको सबै माध्यामिक विद्यालयहरुले सहभागिता जनाउँने छन् । गत वर्षको रनिङ शिल्डमा यस गाउँपालिकाले लङजम्प, हाईजम्प, सटपुट र ज्याभलिङथ्रोका खेलहरु मात्रै गराएको थियो जसमा मंगलादेवी मावि ५ स्वर्ण सहित प्रथम भएको थियो भने २ स्वर्ण सहित कुण्डलादेवी मावि दोस्रो र यस अघि लगातार दुई वर्षको विजेता नीरञ्जना मावि तेस्रो भएको थियो ।