रुबीभ्यालीको राष्ट्रपति रनिङ शिल्ड आजबाट सुरु हुँदै

Avatar photo
Dhadingpost
शनिबार, पुस १४, २०८०

धादिङ । अति विकट क्षेत्रमा सूचीकृत धादिङको रुबीभ्याली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरुहुने भएको छ । भलिबल रेफ्री सोम श्रेष्ठका अनुसार रुबीभ्याली गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डमा समावेश कबड्डी बाहेकका सबै विधाका खेलहरुमा प्रतिस्पर्धा गराउने छ ।

गाउँपालिकाका प्रमुख रामसिंङ तामाङ र उप प्रमुख फेलामा तामाङले उद्घाटन गर्ने यस प्रतियोगिता सेर्तुङको च्याम्रादेवी माविमा हुने छ । कबड्डी बाहेकका सबै खेलहरुबाट खेलाडी छान्ने तयारी गरेको रुबीभ्यालीले यसपटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ् शिल्ड जित्ने योजनामा छ ।

धादिङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ आफ्नो पक्षमा मार्शल आर्टका खेल निर्णायक बन्ने गरेको विगतका नतिजाले बताउँछ । मार्शल आर्टलाई महत्व दिँदै रुबीभ्यालीले च्याम्रा देवि, दोङदेन, मुक्राप देवि र लापा माध्यामिक विद्यालय गरी ४ विद्यालयमा प्रशिक्षक नियुक्ति गरि कराँते सिकाउँदै आएको छ । यस गाउँपालिकाले खेलकुदलाई महत्व दिँदै यस बर्ष १२ लाख बजे खेलकुदका लागि विनियोजन समेत गरेको छ । फाईल तस्वीर