उत्तरी धादिङको सेर्तुङमा पहिलो पटक कराँते ग्रेडिङ

Avatar photo
Dhadingpost
मङ्लबार, असार ५, २०८०

धादिङ । धादिङको उत्तरी क्षेत्रको रुबीभ्याली गाउँपालिकाले गत मंसिरमा कराँते खेल प्रशिक्षक नियुक्त गरि चार वटा माध्यामिक विद्यालयमा नियमित कराँते सिकाई रहेको छ । चार प्रशिक्षक मध्य ओम लामाले सिकाउने रुबीभ्याली ३ सेर्तुङमा रहेको चाम्रादेवी माविमा आज जुनियर कराँते ग्रेडिङ कार्यक्रम सम्पन्न भएको । उत्तरी धादिङको इतिहासमा यो पहिलो पटक कराँतेको ग्रेडिङ भएको हो ।

गाउँपालिका अध्यक्ष, राम सिंह तमाङको प्रमुख आतिथ्या उपाध्याक्ष, फेलामा तामाङको विशेष आतिथ्यतामा भएको उक्त ग्रेडिङ कार्यक्रमको मुल्याङ्कन जिल्ला खेलकुद विकास समिति धादिङका कराँते प्रशिक्षक भिमबहादुर गुरुङले गरेका थिए ।

उक्त ग्रेडिङमा ७० जना कराँते सिकि रहेको विद्यार्थीहरु सहभागि थिए । रुबीभ्यालीले गाउँपालिकाले कराँते खेल विकासका लागि च्याम्रा देवि, दोङदेन, मुक्राप देवि र लापा माध्यामिक विद्यालयमा चार प्रशिक्षक सन्देश घले, रोशन घले, ओमबहादुर तामाङ, सन्जिता तामाङलाई नियुक्त सँगै कराँते प्रशिक्षण दिईरहेको छ । तस्वीर सौजन्य राज तामाङ