उत्तरी धादिङका चार विद्यालयमा कराते सिकाईदै

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १९, २०७९
रुबिभ्यलीको च्याम्रादेवी माविमा कराते सिक्दै विद्यार्थीहरु तस्वीरः विकल लामा

धादिङ । धादिङको उत्तरी क्षेत्रको रुबीभ्याली गाउँपालिकाले चार माध्यामिक विद्यालयमा कराते खेल प्रशिक्षक नियुक्त गरेपछि कराते प्रशिक्षण सुरुभएको छ ।

रुबीभ्यालीले गाउँपालिकामा कराते खेल विकासका लागि पालिका भित्रका च्याम्रा देवि, दोङदेन, मुक्राप देवि र लापा माध्यामिक विद्यालयमा चार प्रशिक्षक सन्देश घले, रोशन घले, ओमबहादुर तामाङ, सन्जिता तामाङ लाई नियुक्त गरे सँगै कराते प्रशिक्षण सुरुभएको हो ।

अहिले सुरुमा चार वटै विद्यालयमा कराते ब्ल्याक बेल्ट लाईसेन्स भएका करांते खेल प्रशिक्ष नियुक्त छ । कराते खेलबाट विद्यार्थीहरुको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने र अनुशासनमा बॅाधिनुका साथै विद्यार्थीहरुको खेलकुद करियर बनाउन खेल प्रशिक्षक नियुक्त गरिएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङ बताउँछन् ।