धादिङ । खनियाबास गाउँपालिका ४ धार्ना दार्खामा निमार्ण भएको जनयुद्धका सहिद गणेश तामाङ (दोन्दु) को शालिक बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अनावरण गरेका छन् ।
२०५८ असार २२ गते तारुका चौकी आक्रमणमा क्रममा सहभागि दोन्दुको प्रहरी सँगको भिडन्तका क्रममा सहादत भएको थियो । गाउँपालिकाको सहयोगमा निमार्ण सम्पन्न भएको सहिद दोन्दुको शालिक मुख्यमन्त्री जम्कट्टेलले सोमबार एक विशेष कार्यक्रमका बीच अनाववरण गरेका हुन् ।
- दोन्दु स्मरणमा र तारुका चौकी आक्रमण
- तारुका चौकी आक्रमणः धादिङका द्वन्दु र सागरको सहादत
- तात्कालिन इलाका इन्चार्ज बुद्धिलाल तामाङको द्वन्दु सँग अविस्मरणिय क्षण
खनियाबास गाउँपालिकाका उप प्रमुख सेक्केमान तामाङको अध्यक्षतामा भएको उक्त शालिक अनावरण कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी (विजय), माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेस), सचिव दिपक लामिछाने (सुवोध), सहिद दोन्दुको धर्मपत्नी फुलमायाँ तामाङ, सहिद परिवारका अन्य सदस्यहरुको आतिथ्यता रहेको थियो ।