पुर्व जनमुक्तिसेना नेपालका जितेन्द्र तामाङको स्मरणमा दोन्दु र तारुका चौकी आक्रमण

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १४, २०८०

पुर्व जनमुक्तिसेना नेपालका जितेन्द्र तामाङको स्मरणमा २२ वर्ष अघिको त्यो असार २२ गतेको तारुका चौकी आक्रमणको रात
वर्षायाम भएकोले सिम-सिम पानी परिरहेको थियो । रातको १०:२० फायर खोल्ने आदेश अनुसार १०:५ मा नै एसल्टको मुख्य सबै टोलि आर्कमा पुगेर पुलिसको बंकरमा निशाना लिनपुगे । पुलिसको सेन्ट्रीहरुले हाम्रो कुनै चाल पाएन । ठिक १०:२० मा १ नं. एसल्टले पहिलो फयरिङ खोल्यो र पहिलो टर्गेट्मा नै सेन्ट्री बसेको एक पुलिस ढल्न पुगे ।

रिजर्भ ग्रुपहरु २०-२५ मिटर टाढा नै रोकिएर बसेका थिए, फायर खुल्ने बितिक्कै एकैपटक होमिङका साथ अगाडि बढे । लडाइँको पहिलो पहलकदमी हाम्रो नियन्त्रणमा रह्यो र प्रहरी दाजुभाइलाई हाम्रो लडाइँ र दुश्मनी तिमीहरू संग होइन हतियार बुझाउ ज्यान बचाउको कासन धेरै पटक गरियो तर निरन्तर प्रतिकार गरे पछि ३ नं. मुख्य एसल्टलाई माइन चढाउने आदेश मुताबिक माइन चढाउन जाँदा राजु दाहाल (सागर) को प्रहरीको गोलि लागेर शहदत भयो ।

सागरको सहदत पछि आक्रोशित भएर हाम्रो तर्फबाट भीषण आक्रमण भयो ठूलो बिल्डिङ हुँदा पुलिसलाई नियन्त्रण गर्न गह्रो भयो पुन ३ नम्बर ग्रुपले माइन चढार विस्फोट गराए पछि लगभग लडाइँ अन्तिम भयो ।

१० जना पुलिस दाजुभाइले संसारबाट बिदा लिए । १ घन्टा भित्र फाइनल गर्ने योजना भए पनि लडाइँ २ घन्टा चल्यो । आधा टोलि सर्च र आधा टोलिले वरिपरि घेरेर ब्लकिङ गरिरह्यो । सर्च कार्वाही हुँदै गर्दा कृषि बैंकको तलामा लुकेर बसेका एक पुलिसले ग्रिनेट प्रहर गर्यो र पुन: त्यही ग्रिनेट टिपेर पुलिस माथि प्रहर गर्न खोज्दा कमरेड गणेश तामाङ (दोन्दु ) गम्भीर घाइते हुनु भयो, उपचारको क्रममा उहाँको पनि सहदत भयो ।