आज स्मृति दिवसः तारुका चौकी आक्रमण, जहाँ धादिङका द्वन्दु र सागर सहिद बने

Avatar photo
Dhadingpost
सोमवार, असार २२, २०७७

युद्ध कहानीहरुले कुनैबेला जोस, जँगर, आबेग, उमंग, उद्देलन पैद गर्दछ भने कतिपय बेला केहि डर, त्रास, निरासा, मार्मिकत । युद्ध साच्चै कथा र इतिहास पढेको जस्तो सजिलो र मजा हुदैन । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्ध कुनै मजाक थिएन । यो जनताको आन्दोलन थियो मुक्ति आन्दोलन थियो । पार्टीका कार्यकर्ता सबै सिपाही बने जनयुद्धामा ।

युद्ध साच्चै गम्भीर, घताक, निर्मम र निर्दयी नै हुने गर्छ । प्रसिद्ध सैन्य बिद सुन जु ले भने जस्तै हजारौं, लाखौं कलाहरु मध्ये युद्धकला सबैभन्दा अप्ठ्यारो कला हो भनेका छ्न, त्यसैले उनले युद्ध जीवन र मृत्युको संगम हो पनि भनेका छ्न ।

निश्चित रूपमा युद्धमा हिंसा, धन, जनको क्षेती अनिवार्य सर्त हो तर दुनियाँमा भएका ठुला-ठुला परिवर्तन, बिकास, समृद्धि र शान्ति पनि युद्ध बाट मात्र संम्भब भएका छ्न र हुनेछ्न त्यसैले युद्ध कला हो, बिज्ञान हो र भावना पनि हो । नेपालको विभिन्न कालखण्डमा भएको विभिन्न लडाइँ, सशस्त्र क्रान्ति, आन्दोलनहरु नै बर्तमान नेपाल राज्यको रुप हो ।

नेपालमा आन्तरिक बिद्रोह, सशस्त्र क्रान्ति १० बर्षे जनायुद्ध सबैभन्दा उच्च रुप थियो । २०५२ बाट सुरु भएको जनायुद्ध एक समग्र युद्ध थियोे यसले सारा नेपालीलाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको थियो । ५५-५६ साल तिर बाट माओवादी जनायुद्धले उच्च गति लिए संगै मलाई पनि क्रान्ति र परिवर्तनको मोहले तताउदै थियो । छापामार र विद्यार्थी नेताहरू संग नियमित भेटघाटले ५७ साल तिर युद्धमा सामेल हुन पुग्यो ।

तात्कालिन इलाका इन्चार्ज बुद्धिलाल तामाङको द्वन्दु सँग अविस्मरणिय क्षण

तारुका चौकी आक्रमण द्वन्दु र सागरको सहादत

२०५८ असार २२ गते प्रहरी संग प्रत्यक्ष मुडभेट, लडाइँमा सहभागी हुँदै थियौं । धादिङ जिल्लाको मुख्य कमण्डर टिम, नुवाकोट जिल्ला त्रिशुली नदि पुर्ब ५ जना र चितवन बाट ३ जना गरि करिब ८०-८५ जनाको जनाशक्ती धादिङ, धुवाकोटको चिन्नेखर्कमा केन्द्रित भयो ।

युद्धको सम्पुर्ण अन्तिम तयारी, कोचिङ, शक्ति बिन्यास, हात हतियार परिचालन पश्चत असार २२ गते रति को हाम्रो निशाना नुवाकोटको तारुका प्रहरी चौकी माथी थियोे । चिन्नेखार्ख बाट २१ गते राती अन्तिम सेल्टर धुवाँकोटकै पात्लेमा २१ गते राति देखि २२ गते दिनभरको लागी क्यम्पिङ भयो ।

यसक्षेत्र हाम्रो बिकसित आधार इलाका भएको हुनाले योजना नखुल्ने कुरामा ढुक्क थियो । पात्लेबाट ७ बजे तिर फाइट फर्मेसन आ-आफ्नो ग्रुप अनुसार केही अगाडि,पछाडी मुभ भएर काहुले गाउँ कट्न साथ जंगलको छेउमा बाटोमा रातिको ८ बजे अन्तिम रोलकलमा गर्यो र युद्धको अन्तिम निर्देशन भयो ।

वर्षायाम भएकोले हाम्रो यात्रा संगै सिम सिम पानी परिरहेको थियो । रातको १०:२० फायर खोल्ने आदेश अनुसार १०:५ मा नै एसल्टको मुख्य सबै टोलि आर्कमा पुगेर पुलिसको बंकरमा निशाना लिनपुगे । पुलिसको सेन्ट्रीहरुले हाम्रो कुनै चाल पाएन । ठिक १०:२० मा १ नं. एसल्टले पहिलो फयरिङ खोल्यो र पहिलो टर्गेट्मा नै सेन्ट्री बसेको एक पुलिस ढल्यो ।

रिजर्भ ग्रुपहरु २०-२५ मिटर टाढा नै रोकिएर बसेका थिए, फायर खुल्ने बितिक्कै एकैपटक होमिङका साथ अगाडि बढे । लडाइँको पहिलो पहालकदमि हाम्रो नियन्त्रणमा लिन सफल भयो र प्रहरी दाजुभाइलाई हाम्रो लडाइँ र दुश्मनी तिमीहरू संग होइन हतियार बुझाउ ज्यान बचाउको कासन धेरै पटक गरियो तर निरन्तर प्रतिकार गरे पछि ३ नं. मुख्य एसल्टलाई माइन चढाउने आदेश मुताबिक माइन चढाउन जाँदा कमरेडराजु दाहाल (सागर) को प्रहरीको गोलि लागेर शहदत भयो ।

कमरेड सागरको सहदत पछि आक्रोशित भएर हाम्रो तर्फबाट भीषण आक्रमण भयो ठूलो बिल्डिङ हुँदा पुलिसलाई नियन्त्रण गर्न गह्रो भयो पुन ३ नम्बर ग्रुपले माइन चढार विस्फोट गराए पछि लगभग लडाइँ अन्तिम भयो ।

१० जना पुलिस दाजुभाइले संसारबाट बिदा लिए । १ घन्टा भित्र फाइनल गर्ने योजना भए पनि लडाइँ २ घन्टा चल्यो । आधा टोलि सर्च र आधा टोलिले वरिपरि घेरेर ब्लकिङ गरिरह्यो । सर्च कार्वाही हुँदै गर्दा कृषि बैंकको तलामा लुकेर बसेका एक पुलिसले ग्रिनेट प्रहर गर्यो र पुन: त्यही ग्रिनेट टिपेर पुलिस माथि प्रहर गर्न खोज्दा कमरेड गणेश तामाङ (द्वन्दु) गम्भीर घाइते हुनु भयो, उपचारको क्रममा उहाँको पनि सहदत भयो ।

धादिङ जिल्ला दार्खा,धार्ना को गणेश तामाङ (द्वन्दु) धादिङ जिल्लाको जनता र कर्याकर्ता बिच एक स्थापित नेता, लोकप्रिय, क्षमतावन, निडर, सहासी नेता हुनु हुन्थ्यो । एमालेबाट राजनीति सुरु गर्नु भएका कमरेड गणेश तामाङ एमालेको संसोधनबादी गद्दार तथा अवसरबाद र आत्मसमर्पणबादी दलालले जनतामा फैलाएको भ्रम र भ्रष्टाचार विरुद्ध बिद्रोह गर्दै २०५४ को स्थानीय निर्वाचन पछि महान जनायुद्धमा सामेल हुनु भएको थियो । उहाँलाई नेता रामबहादु भण्डारीले टिका लगाए पार्टी प्रवेस गराएका थिए ।

छोटो समय हाम्रो सहकार्य भए पनि उहाँको अदभूत कला, कार्यशैली, विवेकसिलता, धैर्यता, बिचार, संगठनिकता मेरो निम्ति सधैं प्रेरणाको स्रोत बन्यो । तत्कालीन नेकपा माओवादी धादिङ जिल्ला पार्टीको ८-९ जनाको जिल्ला समितिको उहाँ एक सदस्य हुनु हुन्थ्यो । र तामाङ राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

धादिङ, निलकण्ठ, चिसापानीको कमरेड राजु दहाल (सागर) धादिङ छापामार स्क्वयट दलको एक योद्धा हुनुहुन्थ्यो । कमरेड सागर सँग मैले पुर्णकालिन भएदेखी नै निरन्तर सहाकार्यको अवसर मिलेको थियो । निक्कै नम्र स्वभाव, इमानदार र मिलनसार कमरेड सागर निक्कै निडर, सहासी, लडाइँमा भरपर्दो एक योद्धा हुनुहुन्थ्यो, त्यसैले उहाँलाई तारुका चौकी आक्रमणको मुख्य ३ नं. एसल्ट कमरेड कोन्डुलको नेतृत्वमा रहेको सेक्सनको मुख्य काम माइनिङको जिम्मेवारी कमरेड सागरलाई दिएको थियो ।

पढेका र सुनेका युद्ध इतिहास हामी आफैं युद्धमा प्रत्यक्ष सहभागी भए, लडे, रगतको खोला संग परिचीत भए,कायौ पटक मृत्युको मुखैमा पुगेर पनि पुन जिवनमा फर्किए, बम, बन्दुक, गोलि, घाइते हुनु, मर्नु र मार्नु पनि सामान्य थियो त्यो बेला आज १८ बर्ष पुगेछ । हाम्रो त्यो इतिहास आज सुन्ने र पढ्नेहरुको लागी कथा जस्तै भएको छ ।

ती दिनहरु सम्झना आउँदा आजको केही मानिसहरू बोलवाला, पवारदार भएर सत्तासिन हुँदै देशको उर्जाशिल युब शक्तिलाई बिदेशीको गुलम बनाएर नेपाली जनता माथि पुन पुरानै प्रतिक्रियावादी शैलीमा शासनको झल्कोले फेरि म जनायुद्धको समिक्षा गरिरहेको छु ।

लेखकः जितेन्द्र तामाङ, पुर्वजनमुक्तिसेना नेपाल