धादिङको चमेरे गुफा, जनयुद्धमा होमीएका ३ युवा हरायौ

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २०, २०७३

किलो सेरा टुको अप्रेसन चलि रहेको थियो ।  हामी तीन भाइ म, सहिद गणेश तामांग (द्वन्दु) र भतिज सोमबहादुर तामांग (विजय) उतरी धादिङ्गको यात्रामा लाग्यौ ।  हाम्रो यात्रा बारे कुनै बेला लेख्ने छु ।

हामी हाम्रो राजनैतिक अभियान सकेर तल झर्यौ। जिल्ला नेतृत्वसंग खाल्टेमा भेट्ने योजनाका साथ हामी खाल्टे तिर लाग्यौ ।
बिहानको खाना डाँडा बसाहको शिरमा रहेको सानो बस्तीमा खाने निर्णय भयो । कुनै एक घरमा खान बनाइ दिन आग्रह गर्यौ । खाना खादै गर्दा नजिकै रहेको गुफाको बारेमा कुरा कानी भयो ।  सहिद गणेश तामांग र भतिज बिजयले गुफा हेर्न जाने रहर गर्नु भयो ।

घरबेटी दाजुले गुफामा यस अघि नै २ पटक मान्छे हराइ सकेको कथा सुनाउनु भो । पहिलो कथा दुइ जना गुफा भित्र छिरेछन,  र निस्किन सकेन छन् । गोठालाहरुले दुइ दिन सम्म जुत्ता चप्पल गुफा बाहिर देखे पछि भित्र गइ तिनीहरुको उद्दार गरेछन ।
दोस्रो कथा, त्यस गाउमा ससुराली हुने एक जना भन्ज्यांग खर्क घर हुने मान्छे पनि गुफा हेर्न जान खोजे छन् । ससुरालीका आफन्तहरुले माथिको कथा सुनाए छन् र भने छन होसियार हुनुस,  हराउन सक्छ । उनले भनेछन , कस्ता कस्ता ठाउँ घुमिलो। कलकता बम्बैमा हराइएन एस्तो ठाउमा हराउछ कतै ।

उक्त मान्छे उसकै गाउको एक जना साथि लिएर गुफा गए । दुइ र तिन दिन पछि घरबाट मान्छे खोज्न आइपुगे । बल्ल थाहा भो फुर्ति लाउने दाइ पनि हराएछ्न भित्रै । त्यस पछि गाउका मान्छेहरु खोज्न गए गुफा भित्र । भित्र  बिचरा दुबै जना नाग्नै भुतुगै एक अर्कोमा अंगालो मारेर बसी रहेको रहेछ ।

” लुगा के भो?”
“बालेर सक्यो।”
” किन बालेको”
“लाइटको ब्याट्री सके पछि लुगा बालेर बाटो खोज्यौ । लुगा सबै सक्यो तर बाटो पत्ता लगेन । ”
“कति दिन भो ?
“के थाहा घाम लागे पो दिन रात थाहा हुनु”

यस्तै कथा सुनेर हामी तीन भाइ ओढार तिर लाग्यौ । ओढारको बीच भाग पुगे पछि सहिद गणेश तामांग आतिनु भो र भन्नु भो दाइ फर्केर जाउ । मैले जिद्दी गरे “अघि चाही जाने भने अब यत्रो बाटो आइसके पछि किन फर्किने ।”

गइयो सबै भाग चाहर्यौ । हेर्नु पर्ने सबै कुरा हेरियो । जब फर्किने खोज्यौ बाटो पत्ता लागेन । जता हेर्यो दुलोई दुलो । तल खोज्यौ माथि खोज्यौ दाया खोज्यौ बाया खोज्यौ । ठम्याउन सकेन । सो चल्यो तर रुन्चे हासो । अब साउनको त्यो समय हामीलाई उद्दार गर्न त्यहाँ कोहि जाने वाला थिएन । लाग्यो देश बनाउन हिडेकाहरु गुफामा कुहिने भो ।

जति जति ब्याट्रिको प्रकाश धिमा हुदै गयो त्यति त्यति हाम्रो बाहिर निस्कने प्रयास क्षीण हुदै थियो । अन्तत करिब ३ घन्टाको प्रयास पछि म आफैले बाटो पत्ता लगाउन सफल भए । तिन भाइ लुरु लुरु बाहिर निस्क्यौ । नया जिबन पाएको अनुभुतिका साथ लाग्यौ खाल्टेको सेल्टर तिर । तस्वीर फाईल