धादिङ । नेपाल स्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघले भोली अर्थात भदौ २७ देखि ३१ गते सम्म आयोजना गर्न लागेको ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङका ३९ जना खेलाडीहरुले भाग लिने भएका छन् ।
उक्त प्रतियोगितामा भाग लिन खेलाडीहरु आज काठमाडौं पुगि सकेका छन् । धादिङबाट सहभागि हुने खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले कार्यालयमा बोलाए अग्रिम शुभकामना दिँदै सोमबार विदाई गरेका थिए । खेल ललितपुर सातदोबाटोमा रहेको नेपाल तेक्वान्दो संघ भवनमा हुने छ ।
धादिङका प्रदिप गिरी रेफ्रिमा देखिने
केहि दिन अघि मात्रै पाचौँ डानको लाईसेन्स प्राप्त गरेका नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले भोली देखि हुने १ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिकामा देखिने भएका छन् । उनलाई यस प्रतियोगितामा रेफ्रीका लागि नेपाल तेक्वान्दो संघले छनोट गरेको हो ।
धादिङका अध्यक्ष प्रदिप गिरीका अनुसार एम्बास्डर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाल तेक्वान्दो संघमा आवद्ध धादिङका बिभिन्न डोजाङ्गका पुम्सेमा ८ जना र ग्योरोगी मा २९ जना गरि जम्मा ३९ जना खेलाडी सहभागी हुन लागेको छ । जस मध्य नीलकण्ठ नगरपालिकाबाट २५ , मलेखुबाट ८, गल्छीबाट ६ र थाक्रेबाट १ जना खेलाडी रहेका छन् ।
यस प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका गरी तीन विभागीय टोलीका साथै नेपाल तेक्वान्दो संघमा आबद्ध रहेका नेपालभरिका सम्पूर्ण तेक्वान्दो तालिम केन्द्रका खेलाडी र वाह्य देशका खेलाडीहरुको सहभागिता रहने छ ।