धादिङ । नेपाल तेक्वान्दो संघ धादिङ का अध्यक्ष प्रदिप गिरीले तेक्वान्दोको पाचौँ डानको लाईसेन्स प्रास्त गरेका छन् ।
पछिल्लो समय प्रदिप सँगै नेपाल आर्मीका कार्यरत धादिङका राम पोख्रेलले पनि पाचौँ डानको परिक्षा उर्तिण गरि लाइसेन्स प्राप्त गरेका छन् । धादिङ तेक्वान्दो डोजाङबाट पाँचौं डानको लाईसैन्स लिने यी दुई जना जिल्ला कै पहिलो बनेका छन् । यी दुबै जना जिल्ला खेलकुद विकास समिति धादिङका कार्यलय प्रमुख एवम् राखेपका तेक्वान्दो प्रशिक्षम रमेशमान तुलाधरको चेला हुन् ।
धादिङमा पहिलो पटक २०५४ सालमा तेक्वान्दो खेल सुरुभएको पाईन्छ । ०५४ सालमा जिल्लामा पहिलो पटक धार्केमा तेक्वान्दो खेलको प्रशिक्षण सुरुभएको भेटिन्छ । उक्त प्रशिक्षको सुरुवात रमेशमान तुलाधर र बद्रीप्रसाद घिमिरेले सुरुगरेका थिए ।