धादिङका यु-१९ का दुई खेलाडी राष्ट्रिय छनोटमा पुगे

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २३, २०८०

धादिङ । धादिङ जिल्लाबाट छनोट भई प्रदेश छनोट खेलेका धादिङका १६ खेलाडी मध्य दुईजनाले प्रदेश पार गर्दै राष्ट्रिय छनोट पुगेका छन् ।

प्रदेश छनोट पार गर्दै राष्ट्रिय टिमका लागि हुने अन्तिम छनोटमा पुग्ने धादिङका दुई खेलाडीमा सागर तामाङ नीलकण्ठ र कृष्ण परियार गजुरी रहेका छन् ।

राष्ट्रिय टिमका लागि प्रदेशहरुबाट छानिएर आएका खेलाडीहरु बीच अन्तिम छनोट साउन २६ देखि ३० गते सम्म हुनेछ । राष्ट्रिय टिममा पर्ने यु १९ का खेलाडीहरुले असोज ४ देखि १३ गते सम्म काठमाडौंमा दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पेनसिप खेल्ने छन् ।

यु-१६ तर्फ धादिङका ३ खेलाडीले प्रदेश छनोट पार गर्दै राष्ट्रिय छनोटमा स्थान परिवर्तन गरि सकेका छन् । साफ यु-१६ च्याम्पेनसिपमा भदौ १५ देखि २५ गते सम्म भुटानमा हुने छ ।