धादिङका यु १६ का दुई खेलाडीले राष्ट्रिय छनोट खेल्ने

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १२, २०८०

धादिङ । जिल्ला फुटबल संघ धादिङले जिल्लाबाट छनोट गरि पठाएका ९ जना जस मध्य १ जना र क्लवबाट १ जना गरी २ जना धादिङका यु १६ का फुटबल खेलाडी प्रदेशबाट पनि छनोट भई राष्ट्रिय छनोटमा पुगेका छन् ।

एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार बागमती प्रदेशले यस प्रदेश अन्तरगतका जिल्ला र ए डिभिजन क्लवबबाट छनोट भएर आएका खेलाडीहरुलाई साउन १० र ११ गते एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल खेल मैदान छनोट गर्दा धादिङबाट शक्ति घले, गजुरी र नेत्रावती डवजोङ अनिल गुरुङ प्रदेश छनोटमा परेका हुन् ।

प्रदेश छनोट पार गरेका खेलाडीहरुको राष्ट्रिय छनोट साउन १६ देखि २० गते सम्म गर्ने एन्फाको कार्य तालिका छ । राष्ट्रिय छनोटबाट छानिएका खेलाडीले भदौ १५ देखि २५ गते सम्म भुटानमा हुने साफ यु १६ च्याम्पेनसिपमा नोपालको राष्ट्रिय टोलीबाट भाग लिन पाउने छन् ।

यस्तै जिल्ला फुटबल संघ धादिङले यु १९ का लागि यहि साउन १४ र १५ गते गजुरीको गलौंदी खेल मैदानमा खेलाडी छनोट गर्ने भएको छ । धादिङले साउन १४ र १५ गते जिल्ला छनोट गरि खेलाडी प्रदेश पठाउने छ र प्रदेशले साउन १९ देखि २३ गते छनोट गरि केन्द्रमा सिफारिस गर्ने छ भने प्रदेशहरुबाट छनोट भएर आएका खेलाडी मध्यबाट राष्ट्रिय टिम बनाउन साउन २६ देखि ३० गते सम्म छनोट कार्यक्रम राखेको छ । राष्ट्रिय टिममा पर्ने यु १९ का खेलाडीले असोज ४ देखि १३ गते हुने साफ च्याम्पेनसिपमा भाग लिन पाउने छन् ।