धादिङबाट यु १६ का ९ खेलाडी छनोट, प्रदेशमा छनोट भोली

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ९, २०८०

धादिङ । जिल्ला फुटबल संघ धादिङ जिल्लाबाट ९ जना यु १६ का फुटबल खेलाडी छनोट गरि बागमती प्रदेश स्तरीय छनोट प्रतियोगितामा पठाएको छ । बागमती प्रदेशको प्रदश छनोट साउन १० र ११ गते एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल खेल मैदानमा हुनेछ ।

साउन ४ गते गजुरीको खेल मैदानमा भएको जिल्ला छनोटमा ७५ जना खेलाडीहरु सहभागी भएकाहरु मध्यबाट ९ जनालाई प्रदेश छनोटमा पठाईएको एन्फा धादिङमा महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।

यी हुन् धादिङबाट छनोट भएका ९ खेलाडी
१. सन्दिप तामाङ, धादिङबेसी
२. सन्देश तामाङ, धादिङबेसी
३. प्रिन्स तामाङ, धादिङबेसी
४. सुजन डल्लाकोटी, गजुरी
५.शक्ति घले, गजुरी
६. सोहान तामाङ, धुनीबेसी
७. रुपक विसुराल, बेनीघाट रोरोङ
८. बली तामाङ, गजुरी
९. अंकित खतिवडा, सिद्धलेक

प्रदेश छनोट पार गरेका खेलाडीहरुको राष्ट्रिय छनोट साउन १६ देखि २० गते सम्म गर्ने एन्फाको कार्य तालिका छ । राष्ट्रिय छनोटबाट छानिएका खेलाडीले भदौ १५ देखि २५ गते सम्म भुटानमा हुने साफ यु १६ च्याम्पेनसिपमा नोपालको राष्ट्रिय टोलीबाट भाग लिन पाउने छन् ।

यस्तै जिल्ला फुटबल संघ धादिङले यु १९ का लागि यहि साउन १४ र १५ गते गजुरीको गलौंदी खेल मैदानमा खेलाडी छनोट गर्ने भएको छ । धादिङले साउन १४ र १५ गते जिल्ला छनोट गरि खेलाडी प्रदेश पठाउने छ र प्रदेशले साउन १९ देखि २३ गते छनोट गरि केन्द्रमा सिफारिस गर्ने छ भने प्रदशहरुबाट छनोट भएर आएका खेलाडी मध्यबाट राष्ट्रिय टिम बनाउन साउन २६ देखि ३० गते सम्म छनोट कार्यक्रम राखेको छ । राष्ट्रिय टिममा पर्ने यु १९ का खेलाडीले असोज ४ देखि १३ गते हुने साफ च्याम्पेनसिपमा भाग लिन पाउने छन् ।