धादिङमा यु १६ फुटबल खेलाडी छनोटमा ७५ जना सहभागी

Avatar photo
Dhadingpost
बिहिबार, साउन ४, २०८०

धादिङ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्देशन अनुरुप जिल्ला फुटबल संघ धादिङले आज गजुरीको गलौंदी खेल मैदानमा यु १६ का फुटबल खेलाडीहरु छनोट गरेको छ ।

जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाका अनुसार छनोटमा ७५ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । को को छनोट भए भन्ने चाहि खेलाडीहरुको डकुमेन्ट नआईपुगेकोले सार्वजनिक गरिएको छैन । कम्तिमा पनि १०–१२ जना खेलाडीहरु राम्रा छन् डकुमेन्ट ल्याउन भनेका छौं उनीहरुको डकुमेन्ट हेरेर छनोट भएका खेलाडीको नाम प्रदेश सिफारिस गरिने महासचिव थापाले बताए ।

जिल्ला छनोट भएका खेलाडीहरुले साउन ६ देखि १४ सम्म प्रदेश छनोट र प्रदेशबाट पनि छनोटमा परेका खेलाडीहरुले राष्ट्रिय छनोटमा सहभागि हुने छन् । राष्ट्रिय छनोट साउन १६ देखि २० गते सम्म रहेको छ । राष्ट्रिय छनोटबाट छानिएका खेलाडीले भदौ १५ देखि २५ गते सम्म भुटानमा हुने साफ यु १६ च्याम्पेनसिपमा नोपालको राष्ट्रिय टोलीबाट भाग लिन पाउने छन् ।