धादिङमा यु १९ को खेलाडी छनोट साउन १४ र १५ गते हुने

Avatar photo
Dhadingpost
शुक्रबार, साउन ५, २०८०

धादिङ । जिल्ला फुटबल संघ धादिङले यु १९ का लागि यहि साउन १४ र १५ गते गजुरीको गलौंदी खेल मैदानमा खेलाडी छनोट गर्ने भएको छ ।

महासचिव रामहरि थापाका अनुसार दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले असोजमा साफ च्याम्पेनसिप गर्न लागेको र उक्त प्रतियोगिताको लागि देश सबै जिल्ला मा खेलाडी छनोट हुने छ । यो छनोट राष्ट्रिय टिम बनाउनका लागि हो

असोज ४ देखि १३ गते सम्म साफ च्याम्पेनसिप हुने कार्यतालिका छ । धादिङले साउन १४ र १५ गते जिल्ला छनोट गरि खेलाडी प्रदेश पठाउने छ र प्रदेशले साउन १९ देखि २३ गते छनोट गरि केन्द्रमा सिफारिस गर्ने छ भने प्रदशहरुबाट छनोट भएर आएका खेलाडी मध्यबाट राष्ट्रिय टिम बनाउन साउन २६ देखि ३० गते सम्म छनोट कार्यक्रम राखेको छ । फाईल फोटो