
धादिङ । जिल्ला फुटबल संघ धादिङले गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा यु १९ का १६ जना खेलाडी छनोट गरेको छ । छनोट भएका खेलाडीहरु साउन १९ देखि २३ गते सम्म हुने प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी हुने छन् ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले असोजमा गर्न लागेको साफ च्याम्पेनसिपका लागि सुरुभएको खेलाडी छनोट मा धादिङबाट प्रदेशका लागि छनोट भएका खेलाडीहरु:
- अन्जन आलेमगर, थाक्रे
- जेनिश थापामगर, धुनीबेसी
- अभिषेक आचार्य, धुनीबेसी
- अमल घले, धुनीबेसी
- रोजन श्रेष्ठ, धुनीबेसी
- कमल श्रेष्ठ, सिद्धलेक
- कृष्ण परियार, गजुरी
- अर्जुन तामाङ, गजुरी
- सुरेन्द्र परियार,, बेनीघाट रोराङ
- सोहन तामाङ, बेनीघाट रोराङ
- सुहन परियार, नीलकण्ठ
- रोहन गुरुङ, नीलकण्ठ
- प्रशान्त गुरुङ, सिद्धलेक
- सागर तामाङ, नीलकण्ठ
- सरिक खड्का, धुनीबेसी
जिल्लाबाट छनोट भएका खेलाडीहरुले साउन १९ देखि २३ गते सम्म हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने छन् भने प्रदेशबाट छनोटमा परेका खेलाडीहरुले साउन २६ देखि ३० गते सम्म हुने अन्तिम छनोटमा सहभागी हुन पाउने छ भने अन्तिम छनोटमा परेका खेलाडीहरु मध्यबाट राष्ट्रिय टिम बनाईने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए ।
एक साता अघि एन्फा धादिङले यु १६ का खेलाडीहरु गलौदीमा नै छनौट गरेको थियो धादिङबाट छनोट भएका ९ जना र ए डिभिजन कलवबाट गरी धादिङका ३ जनाले प्रदेश छनोट समेत पार गरि अन्तिम छनोटका लागि आफ्नो स्थान सुरक्षित गरी सकेका छन् । यु १६ राष्ट्रिय छनोट साउन १६ देखि २० गते सम्म गर्ने एन्फाको कार्य तालिका छ । राष्ट्रिय छनोटबाट छानिएका खेलाडीले भदौ १५ देखि २५ गते सम्म भुटानमा हुने साफ यु १६ च्याम्पेनसिपमा नोपालको राष्ट्रिय टोलीबाट भाग लिन पाउने छन् ।
