धादिङको गलौंदीमा यु १९ को खेलाडी छनोट सुरु

Avatar photo
Dhadingpost
आइतवार, साउन १४, २०८०

धादिङ । जिल्ला फुटबल संघ धादिङको आयोजनामा गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा यु १९ का खेलाडी छनोट सुरुभएको छ ।

जिल्ला फुटबल संघ धादिङका कार्यबहाक अध्यक्ष रमेश अधिकारीले रेफ्रीलालाई बल हस्तान्तरण गरी छनोट सुरु गरिएको महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए । छनोटमा ५० जना खेलाडीहरु सहभागी छन् ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले असोजमा साफ च्याम्पेनसिप गर्न लागेको र उक्त प्रतियोगिताको लागि जिल्ला जिल्लामा र त्यस पछि प्रदेश हुँदै राष्ट्रिय स्तरमा अन्तिम छनोट गरि नेपालको टिम बनाईने हुँदा । जिल्लामा हुने छनोट महत्वपूर्ण रहेको उनले बताए ।

जिल्लाबाट छनोट भएका खेलाडीहरुले साउन १९ देखि २३ गते सम्म हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने छन् भने प्रदेशबाट छनोटमा परेका खेलाडीहरुले साउन २६ देखि ३० गते सम्म हुने अन्तिम छनोटमा सहभागी हुन पाउने छ भने अन्तिम छनोटमा परेका खेलाडीहरु मध्यबाट राष्ट्रिय टिम बनाईने छ ।

एक साता अघि एन्फा धादिङले यु १६ का खेलाडीहरु गलौदीमा नै छनौट गरेको थियो धादिङबाट छनोट भएका ९ जना र ए डिभिजन कलवबाट गरी धादिङका ३ जनाले प्रदेश छनोट समेत पार गरि अन्तिम छनोटका लागि आफ्नो स्थान सुरक्षित गरी सकेका छन् । यु १६ राष्ट्रिय छनोट साउन १६ देखि २० गते सम्म गर्ने एन्फाको कार्य तालिका छ । राष्ट्रिय छनोटबाट छानिएका खेलाडीले भदौ १५ देखि २५ गते सम्म भुटानमा हुने साफ यु १६ च्याम्पेनसिपमा नोपालको राष्ट्रिय टोलीबाट भाग लिन पाउने छन् ।