महिला फुटबलमा चितवन सँग धादिङ पराजित

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ८, २०८०

धादिङ । बागमती प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता सोमबार साँझ मुख्य मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे सँगै आज देखि सुरुभएको छ ।

आज भएको महिला फुटबलमा चितवन सँग पराजित हुँदा धादिङको महिला फुटबल टिम प्रतियोगिताबाट बाहिरिएको छ । चितवनले २ गोल गर्दा धादिङ १ गोलमा रोकिएको थियो । पुरुष फुटबल अन्तरगत धादिङले भोली ३ बजे भक्तपुर सँग खेल्ने छ ।

करि नौ करोड ४२ लाख खर्च अनुमान गरिएको यस प्रतियोगितामा धादिङबाट विभिन्न विधामा १७० जना खेलाडीहरुले भाग लिने छन् । उसु र जुडो काठमाडौंमा, पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवन, फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौंडामा हुनेछ भने प्रतियोगिता जेष्ठ १३ गते सम्म चल्ने प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।

धादिङको पुरुष फुटबल टिममा
१. विपिन कँडेल
२. श्रीकृष्ण तामाङ
३. ईश्वर गुरुङ
४. विमल तामाङ
५. सागर तामाङ
६. एकराज तामाङ
७. सर्जु गुरुङ
८. समिर गुरुङ
९. अजय वि.क
१०. सुर्य लामा
११. आशिष पर्जा
१२. प्रमोद श्रेष्ठ
१३. सन्तोष गुरुङ
१४. सुमन डंगोल
१५. शैलेन्द्र तामाङ
१६. रविन खनाल