धादिङबाट प्रदेश खेलकुदमा तेक्वान्दो र पुम्सेमा १९ जनाले प्रतिस्पर्धा गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ४, २०८०

धादिङ । यहि जेष्ठ ७ गतेबाट बागमती प्रदेशको आयोजनामा दोस्रो खेलकुद प्रतियोगिता हुँदैछ । नौ करोड ४२ लाख खर्च अनुमान गरिएको यस प्रतियोगितामा धादिङले १३ विधा मध्य १२ विधामा भाग लिने छ । जस मध्य हामीले यस अघिको समाचारमा क्रिकेट टिमको विषयमा चर्चा गरेका थियौं भने अहिले तेक्वान्दोको बारेमा जानकारी दिन गहिरहेका छौं ।

धादिङबाट प्रदिप गिरीको नेतृत्वमा रहेको नेपाल तेक्वान्दो संघमा आवद्ध १५ जना र राष्ट्रिय तेक्वान्दो संघमा आवद्ध ४ गरी १९ जना जिल्ला छनोट हुँदै प्रदेश खेल्ने भएका छन् । धादिङबाट तेक्वान्दो पुरुष तर्फ पावल तामाङ, अभिषेक डल्लाकोटी, आयुस तामाङ, पासाङ तामाङ, नविन कुमाल, हेमन तामाङ, मनोज श्रेष्ठ रहेका छन् भने तेक्वान्दो महिला तर्फ सुप्रिमा बजगाँई, शान्ति कुमाल, प्रमिता तामाङ, धना रहा डी मगर, कविता तामाङ, अमिसा तामाङ रहेका छन् ।

यस्तै धादिङबाट प्रदेश खेल्ने पुम्से तर्फ पुरुष खेलाडीहरुमा धन बहादुर गुरुङ, सुरेश तामाङ, आशिष तामाङ र महिला तर्फ लक्ष्मि तामाङ, सुस्मिता गुरुङ, एलिसा तामाङ रहेका छन् ।