त्रिपुरासुन्दरीका अध्यक्ष उप्रेती द्वारा १ वर्षे कार्यकालकाे उपलब्धि सार्वजनिक

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेतीले १ वर्षे कार्यकालकाे उपलब्धि सार्वजनिक गरेका छन् । आफ्नाे सामाजिक संजालबाट एक वर्षे कार्यकालमा त्रिपुरासुन्दरीमा भएकाे कामकाे उपलब्धि उनले सार्वजनिक गरेका हुन् ।

निर्वाचित भए पश्चात १ वर्षमा भएका यस गाउँपालिकाको उपलब्धिहरु :
 टारीबेशी पुल –गाउँपालिकाचोक ४.१ (कि.मि) र गाउँपालिकाचोक देखि –सित्तल बजार रमाइलो चोक (०.८कि.मि) सडक कालोपत्रेको ८०% कार्य सम्पन्न
 पानीट्यांकी –रानीपोखरी- कोषढुंगा चोक (०.८ कि.मि) सडक कालोपत्रेको ६५% कार्य सम्पन्न
 बिशेष अनुदानबाट प्राप्त रु १ करोड १० लाख अन्तर्गत वडा नं ६ को कामीटारी लिफ्ट खानेपानी आयोजनाको ८५% कार्य सम्पन्न
 कक्षा ११ र १२ तथा स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुका लागि निशुल्क अध्ययनको व्यबस्था
 गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन नसकेका महिला दिदि बहिनिहरुका लागि देशका अन्य शहरमा लानुपरेमा एमबुलेन्स खर्च गाउँपालिकाको तर्फबाट व्यहोरिने व्यबस्था गरिएको
 विद्यालय समायोजन तथा दरबन्दी मिलान
 गाउँपालिकास्तरीय मल्टिपर्पोज कभर्डहल निर्माणको कार्य अन्तिम चरणमा
 ७ वटै वडामा माटो परिक्षण गरी प्राप्त रिपोर्ट अनुसार आवश्यक कृषि चुन वितरण
 विगत वर्षहरुमा सल्यानटारको घैया धानमा देखिएको समस्यालाई निराकरण गर्न सम्बन्धित वडाहरु १ र २ का कृषकहरुसंग अन्तरक्रिया सम्पन्न
 नमुना मा.वि रानी पौवाको २४ कोठे भवन निर्माण सम्पन्न
 वडा नं १ को वडा कार्यालय भवन निर्माण सम्पन्न
 समपुरक योजनाबाट प्राप्त ठुलोबेशी- मुलपानी- मुर्चोक सडक अन्तर्गत ७५० मि.ढलान कार्य सम्पन्न
 वडा नं २ मा रहेको आरुघाट बजारमा सी.सी क्यामेरा जडान गरी निगरानीको व्यबस्था गरिएको
 गाउँपालिकाको ११ वटै मा.वि तथा २ वटा सामुदायिक क्याम्पसमा वेबसाइट तथा मोबाइल ऐप्स संचालन
 क्रमागत आयोजनाको रुपमा रहेको मनपाङखोला खानेपानी आयोजनाको वडा नं २ स्थित बेल्गाउँ डिलमा ४ लाख लिटर क्षमताको ट्यांकी निर्माण तथा वडा नं २ सिक्टारमा ४ लाख लिटरको ट्यांकी निर्माणका लागि जग्गा खरिद गर्न गाउँपालिकाको तर्फबाट आवश्यक बजेट विनियोजन गरिएको , इन्टेक निर्माण कार्य अन्तिम चरणमा रहेको साथै मुख्य लाइनमा पाइप बिछ्याउने कार्य सम्पन्न |
 सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना डाक्टरको व्यबस्था गरिएको
 स्वास्थ्य सेवाको आधारमा न्युनतम सेवा मापदण्ड मापनमा त्रिपुरासुन्दरी गाउँपालिका जिल्ला प्रथम हुन् सफल
 स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भएको
 यस गाउँपालिका क्षेत्रभित्र पर्ने क्रमागत आयोजनाको रुपमा रहेको सिमबेशी-गोलाङ-आगिन्चोक-बेलुंगभन्ज्यांग-फुलखर्क सडक खण्डको कालोपत्रे गर्ने कार्य ४०% सकिएको र सो अनुगमन प्रभावकारी बनाइएको
 गाई /भैसी सुत्केरी भत्ता कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको
 गाउँपालिकाको स्वास्थ्य संस्थाहरुबाट अत्याबश्यक औषधीहरु निशुल्क रुपमा वर्षै भरी वितरण गरिएको
 विपन्न नागरिकहरुलाई औषधोउपचार खर्च बापत वर्षमा एक पटकका लागि रु १० हजार वितरण गरिएको
 पालिका भित्रका सबै ५ वर्ष मुनिका बालबालिकाहरुलाई पूर्ण खोप प्रदान गरी सुनिश्चतता गरिएको
 बालबालिकाहरुलाई कुपोषण हुनबाट जोगाउनका लागि सबै बालबालिकाहरुलाई मासिक रुपमा नियमित लेखाजोखाको परिधिमा राख्ने गरिएको
 नृसिंहधाम मूल मन्दिरमा गाउँपालिकाको तर्फबाट ग्रेनाइट विछ्याउने कार्यका लागि ५० लाख बजेट विनियोजन भएकोमा करिव ७५ % कार्य सम्पन्न
 १४ जनालाई AC फ्रिज मर्मत तालिम दिईएको
 प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँपालिका भित्रका १३० जना व्यक्तिलाई कुल २८४० दिन रोजगारी उपलब्ध गराइएको |
 लघु उद्यम सिर्जना गर्ने उदेश्यले १६ जनालाई तालिम सहित मौरीको घार वितरण गरिएको
 १५ जना व्यक्तिलाई ट्रयाक्टर मर्मत तालिम र आवश्यक सामग्री वितरण गरिएको
 ३० जना व्यक्तिलाई वाख्रा पालन सम्बन्धि तालिम र बाख्रा वितरण गरिएको
 ३५ जना व्यक्तिलाई सिलाई कटाई सहित मेशिन हस्तान्तरण गरिएको
 सवै विद्यालयका सवै शिक्षकहरुलाई शैक्षिक योजना डायरी वितरण गरिएको
 गाउँपालिकाको महत्वपूर्ण स्थानहरुमा फ्री वाई-फाई जोन घोषणा गर्ने कार्य अन्तिम चरणमा रहेको |

भावी कार्ययोजनाहरु :

१) गाउँपालिका अन्तर्गतका सात वटै वडाकार्यालयहरु कालोपत्रे सडकसंजालमा आवद्ध गरिने जसका लागि सङ्घीय र प्रदेश सरकारसंग आवश्यक समन्वय र पहलकदमी लिईएको |
२) विषादी रहित त्रिपुरासुन्दरी महाअभियान निर्माणका लागि प्राङ्गरिक मल उत्पादन एबं प्रशोधन केन्द्र निर्माण गर्न तीनै तहको सरकार सम्मलित र सहकार्य हुने गरी आवश्यक पहलकदमी लिइने |
३) प्रसिद्ध माई त्रिपुरासुन्दरी मन्दिरसम्म आन्तरिक र वाह्य पर्यटकको सहज पहुँचका लागि सडक कालोपत्रे गर्ने र रेलीङ सहितको सिंढी निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसंग आवश्यक समन्वय गर्दै त्रिपुरासुन्दरी माई मन्दिरलाई त्रिपुरासुन्दरी मात्र नभई धादिङ जिल्लाकै उत्कृष्ट पर्यटक हव बनाउने कार्ययोजना रहेको |
४) सल्यानटारको मूल सडक देवीस्थान –सित्तलबजार –गाउँपालिकाचोक –खोल्सी पानीट्यांकी –कोषढुंगा – बुट्टार गल्छिना सडकको दायाँ र वायाँ सानोजातका बोटविरुवा रोप्ने , सौर्य सडक बत्ति जडान वा नेपाल विद्युत प्राधिकरणसंग समन्वय गरी सडक बत्ति तथा सो सडकमा सी.सी टिभी जडान गरी इलाका प्रहरी कार्यालय सल्यानटारबाट निगरानी गर्ने कार्ययोजना रहेको |
५) सीमान्तकृत समुदाय ( दरै ,कुमाल, माझि) र दलितका लागि जीविकोपार्जन सम्बन्धि कार्यक्रमका लागि प्रदेश र सङ्घीय सरकारसंग आवश्यक समन्वय गर्दै बिशेष कार्ययोजना सहितको कार्यक्रम कार्यान्वयन गरिने |
६) सात वटै वडाहरुको भूगोल र हावापानी सुहाउँदो पकेट क्षेत्र घोषणा गरी तद अनुरुपको बजेट र कार्यक्रम ल्याइने |
७) आ.व २०८३/०८४ भित्र गाउँपालिकाको प्रत्येक घरमा एक घर एक धाराको नीतिलाई पूर्णता दिईने |
८) प्रत्येक वडामा ५०० जना व्यक्ति अट्न सक्ने क्षमताको सामुदायिक सेमिनार हल निर्माण गर्ने योजना रहेको |
९) एक वार्ड एक खेलकुद ग्राउण्ड निर्माण गर्ने योजना रहेको |
१०) गाउँपालिकाको फोहोर व्यबस्थापनका लागि डम्पिङ साइटको व्यबस्था गरिने कार्ययोजना रहेको |
११) महिला दिदि बहिनिहरुका लागि उनीहरुको सिप र दक्षता हेरी क्षमताविकासको कार्यक्रम ल्याई जिविकोपार्जनमा आत्मनिर्भर बनाउने लक्ष्य लिइएको ।