एमाले छाडेर माओवादी मै फर्किए झम्क परियार

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १६, २०८०

धादिङ । नेकपा विघटन पछि रामबहादुर थापा बादल सँगै माओवादी केन्द्र छाडेर एमालेमा गएका धादिङका झम्क परियार माओवादी केन्द्र मै फर्किएका छन् ।

माओवादी केन्द्रमा फर्किए सँगै उनले शनिबार सम्पन्न माओवादी केन्द्र नीकट दलित मुक्ति मोर्चा बागमती प्रदेशको सह सचिवको जिम्मेवारी पाएका छन् । उनले गत भदौं २९ गते सम्पन्न नेपाल दलित मुक्ति मोर्चा धादिङको बैठकमा सहभागिता जनाउँदै माओवादीमा प्रवेस गर्ने बताएका भएतापनि उनी झण्डै ७ महिना पछि माओवादी मै फर्किएका हुन् ।