एमाले बागमती प्रदेश सदस्य धादिङका झम्क परियार माओवादी मै फर्किदै

Avatar photo
Dhadingpost
आइतवार, भदौ १९, २०७९

धादिङ । नेकपा विघटन पछि रामबहादुर थापा बादल सँगै माओवादी केन्द्र छाडेर एमालेमा गएका झम्क परियार माओवादी केन्द्र मै फर्किने भएका छन् ।

माओवादी केन्द्र धादिङको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा धादिङको शुक्रबार सम्पन्न बैठकमा समेत सहभागि बनेका एमाले बागमती प्रदेश सदस्य परियारले आफू माओवादी मै फकर्ने तयारी गरेको बताएका थिए । बैठकमा सहभागि एक नेताले धादिङपोष्टलाई बताए । उनले बैठकमा बोल्दै दलित अधिकारका लागि माओवादी ओन्दोलनको योगदानको चर्चा समेत गरेका थिए ।

सो बैठकमै प्रवेस गर्न गरिएको आग्रलाई भने परियारले हतार नगर्न र अन्य साथीहरुलाईपनि सँगै ल्याउनु पर्ने भएकोले पार्टी प्रवेसको कार्यक्रम पछि गर्न आग्रह गरेको बताईएको छ । यस स विषयमा बुझ्न पटक पटक परियारलाई फोन गर्दा सम्पर्क हुन सकेन । बैठकले रामबहादु बस्यललाई धादिङ क्षेत्र नम्बर २ को क प्रदेशका लागि समानुपातिक सांसदका लागि पार्टीमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्र बागमती प्रदेशका सचिव विजय बुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा, कार्यपालिका सदस्य लक्ष्मण रम्तेल लगाएतका माओवादी नेताहरुको आतिथ्यता रहेको थियो ।