हङकङमा भएको एशियन सिटिजमा धादिङका गिरीलाई कास्य

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०७९

धादिङ । २७ औं एशियन सिटिज प्रतियोगितामा भाग लिन हङकङ पुगेका धादिङका प्रदिप गिरीले चाईना सँग पराजित हुँदा कास्य पदक जित्न सफल भएका छन् ।

हङकङ तेक्वान्दो एसोसिएसनको आयोजनामा फागुन २० गते देखि २३ गते सम्म भएको उक्त प्रतियोगिता खेल्न हङकङ पुगेका नेपाल तेक्वादो संघ धादिङको अध्यक्ष समेत रहेका प्रदिप गिरी आफ्नो स्वास् थ्य प्रतिकुलताका कारण सोचेअनुरुप प्रदर्शन गर्न नसक्दा चाईनाका खेलाडी सँग पराजित हुनुपरेको धादिङपोष्टलाई बताए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलि सकेका धादिङका गिरीले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं ३ तेक्वान्दो छनोट प्रतियोगितामा धादिङका लागि गोल्ड मेडल जितेका थिए ।