प्रदिपकाे जित सँगै धादिङलाई गाेल्ड मेडल प्राप्त

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २०, २०७५

धादिङ चैत्र २० । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरिएको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं ३ तेक्वान्दो छनोट प्रतियाेगितामा प्रदिप गिरीकाे जित सँगै धादिङले गाेल्ड मेडल प्राप्त गरेकाे छ ।

धादिङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता प्रतियोगिताबाट छनाैट हुँदै प्रदेश नं. ३ तेक्वान्दोमा भाग लिएका गिरीले फाईनलमा काभ्रेका सुनिल श्रेष्ठलाई पराजित गरे सँगै धादिङले गाेल्ड मेडल हात पारेकाे हाे ।

चैत्र १९ गते देखि नुवाकोटमा सुरु भएकाे प्रदेश नं. ३ स्तरीय तेक्वान्दो प्रतियोगितामा गाेल्ड मेडल हात पारे सँगै गिरी राष्ट्रिय प्रतियाेगिताकाे लागि समेत छनाैट भएका छन् ।

पाकिस्तान सँग अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताकाे फाईनलमा पराजित भएका गिरीले यस क्षेत्रिय प्रतियाेगिताकाे सेमिफाइनल र फाईनलमा स्काेरिङ नकआउट गर्दै सहज जित निकालेकाे प्रशिक्षक रमेशमान तुलाधरले धादिङपाेष्टलाई बताए ।

क्षेत्रिय खेलको लागि खेलाडी नुवाकोट प्रस्थान