धादिङबाट क्षेत्रिय खेलको लागि खेलाडी नुवाकोट प्रस्थान

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १८, २०७५

धादिङ चैत्र १८ । धादिङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता प्रतियोगिताबाट प्रदेश नं. ३ तेक्वान्दोको लागि छनौट भएका १४ जना खेलाडी नुवाकोट प्रस्थान गरेका छन् ।

चैत्र १९ गते देखि नुवाकोटमा हुने प्रदेश नं. ३ स्तरीय तेक्वान्दो प्रतियोगिता एवम् आठौ राष्ट्रिय खेलकुदकाको लागि छनौट खेलका लागि धादिङका १४ जना तेक्वान्दो खेलाडीहरु नुवाकोट प्रस्थान गरेका हुन् ।

पाकिस्तान सँग अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेलेका प्रदिप गिरी समेत यस प्रतियोगितामा भाग लिन नुवाकोट गएका छन् ।

जिल्ला, क्षेत्र, राष्ट्रिय प्रतियोगिता खेलि सकेका गिरीले पाकिस्तान सँगको अन्तराष्ट्रिय प्रतियोगितामा फाईनल पराजित बनेका थिए ।
विभिन्न तौल समुहका ८ जना पुरुष र ६ जना महिला धादिङबाट प्रतिनिधित्व गर्दै प्रदेश नं. ३ स्तरीय तेक्वान्दो प्रतियोगितामा भाग लिने जिल्ला खेलकुद विकास समिति धादिङ का सहायक प्रशिक्षक रमेशमान तुलाधरले बताए ।

नुवाकोटमा हुने प्रदेश नं. ३ स्तरीय तेक्वान्दो प्रतियोगितामा धादिङबाट सहभागि खेलाडीहरु

पूरुष
१. आशिक गुरुङ— ५४ केजी
२. तारा बाहादुर गुरुङ — ५८ केजी
३. उतम पाठक — ६३ केजी
४. स्याङदिप तामाङ — ६६ केजी
५. गौतम श्रेष्ठ — ७४ केजी
६. सन्तोष खत्री — ८० केजी
७. अनिल बाहादुर गुरुङ — ८७ केजी
८. प्रदिप गिरि — ८७ माथि

महिला
१. सुप्रिमा वजगाई — ४६ केजी
२. एलिसा घले — ४९ केजी
३. मरियम तामाङ — ५३ केजी
४. शिवानी घले — ५७ केजी
५. नलिना श्रेष्ठ — ६२ केजी
६. निसु गुरुङ — ६७ केजी