धादिङ २ काे प्रदेश १ का उम्मेदवार डा. रामकुमार अधिकारी, वैज्ञानिककाे सूचिमा

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २६, २०७९

सीताराम अधिकारी ।
प्रदेश साम्सद भएर जिल्लामा विकासको आधारप्रस्तुत गर्ने विकासबादी नेताको रुपमा परिचित नाम हो डा.रामकुमार अधिकारी । धादिङको धुवाकोटमा बुबा छन्दलाल र आमा तुलसीदेबि अधिकारीका छोरा अधिकारीले पब्लिक हेल्थमा महाराजगञ्ज मेडिकल कलेज, चिकित्शाशास्त्र अध्ययन संस्थान, त्रिभुबन बिश्वबिद्यालयबाट विद्यावारिधि (पिएचडि) गनुभएको छ । समाज शास्त्रमा एमए एमफिल गर्नुभएका समाज डा अधिकारीले नेपाली समाज र यसको प्रवृत्तिको विश्लेषण गर्नसक्ने क्षमता भएकाले जनसमूदायबाट रुचाइएका नेताकोरुपमा चिनिनुभएको छ ।

डा. अधिकारीले राष्ट्रिय बिज्ञान तथा प्रबिधि प्रतिष्ठान (ल्ब्क्त् ) बाट २०७५ सालमा नबिल बिज्ञान तथा प्रबिधि पुरस्कार पाउनु भएको थियो । राष्ट्रिय बिज्ञान तथा प्रबिधि प्रतिष्ठान (ल्ब्क्त्) ले नेपालको बैज्ञानिकको सूचिमा डा. अधिकारीलाई सूचिवद्ध गरेको छ, भने भारत सरकारले समेत बैज्ञानिकको सूचिमा डा. अधिकारीको नाम उल्लेख गरेको छ ।

सि एम ए क्याम्पस, धादिङको बि सं २०५२ देखि २०५६सम्म क्याम्पस चिफ भएर काम गर्दा प्राविधिक शिक्षाको सुरुवात गराएर विकासको अवधारणा शिक्षामा लागु गर्नुभएको थियो। त्यतिखेरसिएमए अध्यानगरेकाहरु यतिखेर जिल्लाको विभिन्न भागमा सरकारी सेवामा कार्यरत छन् ।

नेपाल सरकारको चिकित्सकको रुपमा दोलखा, अछाम, कंचनपुर, मकबानपुर, सल्यान, ललितपुर, काठमाण्डौ जिल्लामा बि सं २०५७ देखि २०६५ सम्म सेवा गर्दाका अनुभवले समाजको विविधता र सामाजिक विकासको प्रवृत्तिकोसमेत अनुभव डा.अधिकारीसंग छ । मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्सेस, कठमाण्डौमा सह प्राध्यापकको रुपमा समेत बि.सं. २०६८ देखि २०७५ सम्म अध्यापन गर्नुभयो । बि.स.ं २०६८ देखि २०७० सम्म मनमोहन मेमोरियल शिक्षण अस्पातलको ब्यबस्थापन समितिको सचिबको रुपमा हालसम्म पनि कार्यरत रहनु भएको छ। डा.अधिकारीका बेसिक मेडिसिन – बि सं २०५६ सालमा, आकश्मिक व्यबस्थापन र संभाबित निदान बि सं २०५८ सालमा, फार्मेसी, फार्माकोलोजी र आधारभुत चिकित्सा बि सं २०६७ सालमा पुस्तक प्रकाशन भएको छ । धेरै अनुसन्धानात्मक लेखहरुसमेत प्रकाशित छन्। धादिङको सल्यानटारमा धेरै मात्रामा देखा परेको हात्तिपाइलेबारे उहाँले सोधपत्र तयार गर्नुभएको छ । यो हालका यसविषयमा जानकारीराख्न चाहनेहरुले खोजी गरेर अध्यान गर्न पाउने छन् ।

डा. अधिकारीले २०३८ सालबाट अमृत क्याम्पसमा अनेरास्वोबियुको सचिब भइ राजनितिक यात्रामासंगठित हुनुभएको थियो। पंचायती राज्य व्यवस्थामा भूमिगत जिवन र नेकपा मालेको संगठित सदस्य बन्नु भएका अधिकारी नेकपा एमालेको नेर्तत्वमा २०४७ पछि निरन्तर हुनुहुन्छ। नेपाल बुध्धिजिबी परिषदको केन्द्रिय सदस्य, नेकपा एमाले स्वास्थ्य बिभागको केन्द्रिय सदस्य, शिक्षा बिभागको केन्द्रिय सदस्यकोरुपमा काम गरेर जिल्लादेखि केन्द्रसम्मकोराजनितिक बहसमा समेत खरोउत्रन सक्ने बौद्धिक नेता हुनुहुन्छ । हाल नेकपा एमाले बागमती प्रदेश सदस्य, स्वास्थ्य बिभाग प्रमुख समेत हुनुहुनछ ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट २०३६८ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा बिजयी भएको र सामाजिक बिकास राज्य मन्त्री भइ काम गर्दा विकासबादी र विकासको लागि केही गर्नु पर्छ भन्ने सोच भएको नेताको छवि बनाउनु भएको छ ।