धादिङमा एमालेको मिसन ग्रासरुट अभियान जारी

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १, २०७९

धादिङ । मिसन ग्रासरुट अभियान अन्तरगत धादिङ जिल्लाका विभिन्न वडाहरुमा विस्तारित बैठकहरु संचालन भइरहेको एमाले धादिङले जाएको छ । बुधबार धादिङको विभिन्न वडामा विस्तारित बैठकहरु भएको नेकपा एमाले धादिङले जनाएको छ ।

गंगाजमुना गाउँपालिका
गंगाजमुना गाउँपालिका वडा नम्बर ३ चिमचोकमा नेकपा एमालेको बुधबार वडा स्तरीय विस्तारित भेला तथा बैठक सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा वडा स्तरीय विस्तारित बैठक भएको नेकपा एमाले गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामीछानेले बताए । जनताको समस्यामा एमाले साथैमै रहने बताउँदै एमाले केन्द्रीय सदस्य श्रेष्ठले किसान मजदुरको पार्टी भएकोले एमालेमा आवद्ध हुन आग्रह गरेका थिए । विस्तारित बैठक तथा भेलालाई नेकपा एमाले प्रदेश कमिटि सदस्य ध्रुब विक, नेकपा एमाले जिल्ला कमिटि सचिव अर्जुन श्रेष्ठ, जिल्ला कमिटि सदस्य बलबहादुर अधिकारी, गंगाजमुना गाउँपालिका कमिटिका अध्यक्ष भक्तबहादुर लामीछानेले सम्बोधन गर्दै पार्टी निर्माणको वृहत अभियानमा सहभागि हुन पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । टोल कमिटि गठन गर्ने, वडा स्तरमा किसान, विद्यार्थी, युवा लगायतको जनसंगठन निर्माण गर्ने, पार्टी सदस्यता नविकरण तथा नयाँ वितरणका लागि विस्तारित बैठकले कार्ययोजना बनाएको छ ।

नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौलाबजारमा वडा कमिटि बैठक तथा कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ ।
भेलालाई नेकपा एमाले केन्द्रीय सदस्य कैलास ढुंगेलले जनताका साथमा एमालेले गरेका कामको प्रचार गर्नुपर्ने बताएका थिए । वडा स्तरीय बैठकलाई नेकपा एमाले प्रदेश कमिटि सदस्य नरेश खतिवडा, जिल्ला सदस्य हरी घिमिरे, राजकुमार तमाङ, निलकण्ठ नगरकमिटि अध्यक्ष हरी श्रेष्ठले सम्बोधन गर्दै एमालेलाई अब्बल बनाउन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
पार्टी सदस्यहरुको टोलटोलमा पुगेर कमिटि गठन गर्ने, महिला, युवा, विद्यार्थी किसानसंगठनहरु निर्माण गर्ने लगायतका कार्यक्रम गर्ने योजना वडा स्तरीय बैठकले निर्णय गरेको छ ।

धुनीबेसी नगरपालिका
धुनीबेसी नगरपालिका वडा नम्बर ४ को बैठक गौचरणमा सम्पन्न भएको छ । नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्य डा। रामकुमार अधिकारी, जिल्ला कमिटि सदस्य गोबिन्द कँडेल, सुरेश आचार्य, मन्दिरा श्रेष्ठ लगायतले बैठकमा सम्बोधन गर्दै समृद्धिको काम एमालेले गर्ने भएकोले एमालेमा समाहित हुन आग्रह गरेका थिए । वडाको जनसंगठन निर्माण तथा पुर्नगठन, सबै टोल कमिटि गठन, सदस्यता विस्तार, पार्टी छाडेकालाई पार्टीमा फर्काउने र अन्य पार्टी इतरकालाई पनि नेकपा एमाले पार्टीमा भित्रयाउनेबारे रणनितिक योजना बनाएको छ ।

बेनिघाटरोराङ गाउँपालिका
नेकपा एमालेको ग्रासरुट अभियान अन्तरगत बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ को वडा स्तरीय कार्यकर्ता भेला तथा वडा कमिटि बैठक सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य बिन्दा ढुंगानाले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टीले जनताको सेवामा काम गर्नका लागि पार्टी सदस्यहरुले इमान्दारपूर्वक काम गर्नु पर्ने बताए । वडा कमिटि बैठक तथा भेलामा नेकपा एमाले बेनिघाटरोराङ गाउँ कमिटि अध्यक्ष रमेश भट्टराइको सहभागिता थियो । स्थानीय स्तरमा टोलबस्ती स्तरीय कमिटि निर्माण, पार्टी सदस्यता वितारका सम्बन्धमा छलफल गरि कार्ययोजना समेत निर्माण भएको गाउँपालिका कमिटि सचिव रामहरी बराकोटीले जानकारी दिए ।

नेत्रावती गाउँपालिका
नेकपा एमालेको ग्रासरुट अभियान अन्तरगत नेत्रावती गाउँपालिका वडा नम्बर ४ घोर्मुमा टोलभेला सम्पन्न भएको छ ।
एमालेका टोल स्तरमा छरिएर रहेका एमाले कार्यकर्ताहरुलाई पार्टीका विभिन्न क्षेत्रमा सहभागि गराउन र जनताको पक्षमा काम गर्न एमालेले कार्यकर्ताहरुलाई आग्रह गरेको छ । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य रमेश आचार्य, जिल्ला कमिटि सदस्य बिना मम्बा लगायतले सम्बोधन गरेका थिए ।
समाचार स्रोतः एमाले धादिङको सौर्य इबुलेटिन