केपी ओली भोली सल्यानटार आउने

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १६, २०८०

धादिङ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री केपी शर्मा ओली भोली कार्तिक १८ गते धादिङको सल्यानटार आउने भएका छन् । उनी कृषि प्रदर्शनी तथा ब्यापार मेला उद्घाटन गर्न आउन लागेका हुन् । यस अघि पछिल्लो पटक मिसन ग्रासरुट अभियान अन्तरगत ओली चैत्र २६ धादिङको रुबीभ्याली गाउँपालिका स्थित सेर्तुङ आएका थिए ।

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीले उक्त कृषि प्रर्दशनी तथा व्यापार मेला गर्न लागेको हो । मेलाको आकर्षको रुपमा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी रहने आयोजक बताएको छ ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत देखाईने उक्त मेलामा कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन ९स्थानीय कृषि वस्तुको प्रवर्द्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा जोड दिने, स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० समेत छनोट गरिने आयोजकले जनाएको छ ।