दलगत स्वार्थभन्दा माथि उठेर काम गर्छु-मुख्यमन्त्री जम्कट्टेल

Avatar photo
Dhadingpost
बुधबार, माघ ४, २०७९

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरे सँगैं दलगत स्वार्थभन्दा माथि उठेर जनताको विकासको पूर्वाधार, शान्ति–सुरक्षा, सुशासन एवम् प्रेस स्वतन्त्रताको लागि प्रतिबद्ध रहेको बताएका छन् ।

उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसले पनि आफ्नो संसदीय दलबाट निर्णय गरेर मौजुदा प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेकोप्रति खुसी व्यक्त गर्दै सरकारको तर्फबाट कृतज्ञता ज्ञापन गरे ।

मुख्यमन्त्री जम्मकट्टेलले वर्तमान सरकारले विश्वासको मत प्राप्त गरेपछि मन्त्रीपरिषरको विस्तार गरेर सरकारले सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर संविधानको संम्बद्र्धन एवम् प्रजातान्त्रिक संस्कारलाई गतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।