एमाले धादिङको इन्चार्जमा धर्मदत्त देवकोटा तोकिए

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २४, २०८०

धादिङ । नेकपा एमालेले धादिङको इन्चार्जमा धर्मदत्त देवकोटा तोकिएका छन । शुक्रबार बसेको एमाले सचिवालय बैठकले नेताहरूको कार्यविभाजन पुनर्विचार गर्दै देवकोटालाई धादिङको इन्चार्ज तोकेको हो । माओवादी केन्द्रमा रहँदा स्थायी सदस्य समेत रहेका देवकोटा गोरखाका हुन् ।

बैठकले काभ्रेका रेशम लामालाई धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को पालिकाहरु हेर्ने गरि क्षेत्रिय इन्चार्ज तोकेको छ भने केन्द्रिय सदस्य धादिङकै जानुका सिंखडालाई धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को पालिकाहरु हेर्ने गरि क्षेत्रिय इन्चार्ज तोकेको छ ।

यस्तै धादिङका लक्ष्मण शर्माले सामाजिक सूरक्षा तथा सामाज कल्याण विभाग र विष्णुहरि त्रिपाठीले विज्ञान तथा प्रविधि विभागको जिम्मेवारी पाएका छन् । सम्पूर्ण कार्यविभाजन यहाँ तलको पिडिएफमा हेर्न सक्नुहुन्छ ।
कार्य विभाजन पीडीएफ