अनेरास्ववियुको चुनावी मैदानमा धादिङबाट को को ?

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ४, २०७९

धादिङ । नेकपा एमालेनिकट अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

अनेरास्ववियुको १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि सरुभएको निर्वाचन प्रक्रियामा धादिङबाट उपाध्यक्षका लागि किरण सापकोटा, खुल्ला सचिवमा सन्तोस राना क्षेत्री र संजय दुवाडी, महिला सचिवमा सजिना थापा, स्थायी कमिटी सदस्यका लागि भुवन श्रेष्ठ र संगीता रेग्मी, अनुशासन आयोग सचिव नविन्द्र चालिसे, केन्द्रिय सदस्यका लागि रक्तिम रेग्मी अब्जल मिया, केन्द्रिय निर्वाचन आयोगको सदस्यका लागि जित सिटौलाले उम्मेदवारी दिएका छन् ।

निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेशनका मुख्य उद्देश्य भनेको नेतृत्व छनौट गर्ने हो । उनका अनुसार जारी महाधिवेशनले १९९ सदस्सीय केन्द्रीय समिति तथा तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् ।