मेरो उम्मेदवारी जनसेवा कै लागि हो -डा. रामकुमार अधिकारी

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २०, २०७९

धादिङ । धादिङको राजनीतिक दलका नेता मध्य फरक स्वभावका रुपमा हेरिने डा. रामकुमार अधिकारी यो पटक फेरि धादिङ क्षेत्र नम्बर २ को प्रदेश १ को उम्मेदवार छन् । गत कार्यकाल प्रदेश मन्त्री भईसकेका उनी आफूले पहिलो कार्यकालमा दलभन्दा माथी उठेर सबैको सहकार्यमा विकासका गतिविधि गरेको दावी गर्दछन् ।

पहिला एमाले-माओवादी गठबन्धनबाट प्रदेश सदस्य जितेको थिए । यो पटक एमालेबाट उम्मेदवार छु तर चुनाव जिते पार्टी विशेष भेदभाव नगर्ने र पहिलो कार्यकालका अधुराकाम सँगै सबैको सहकार्यमा नयाँ बृहतर योजना बनाएर काम गर्ने उनी बताउँछन् ।

पहिलो ५ वर्षे कार्यकालमा आफूले गरेको कामको सूची र आफ्नो कार्यकालमा गरेको आय व्याय खर्च समेत मिडिया मार्फत सार्वजनिक गरेका डा. रामकुमार अधिकारी एमाले धादिङका बलिया उम्मेदवार हुन् । उनी कुनै लाव लस्कर र तामझाम वेगर नै जनताकोमा घरदैलो गरि रहेकाछन् । घरदैलोको अनुभव सुनाउँदै उनी भन्छन् यो पटक पनि म चुनाव जित्छु ।

उम्मेदवार डा. रामकुमार अधिकारी बारे संक्षिप्त जानकारी
२०२२ सालमा साविकको धुवाँकोट ८ मा जन्मिएका डा. अधिकारी एमालेको ३ नम्बर प्रदेश कमिटीका सदस्य हुन् । महाराजगञ्ज मेडिसिन क्याम्पसबाट पिएचडी गर्ने पहिलो व्यक्तिको रुपमा चिनिएका डा। अधिकारीको राजनितिक यात्रा २०३७ सालमा अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु पाँचौंको सहप्रारम्भिक कमिटीबाट सुरुभएको थियो । २०४३ सालमा चैनपुर गाउँ सक्रिय दलको सदस्य बने । त्यसपछि तत्कालीन भूमिगत पार्टी मालेको इलाका नम्बर ५ कमिटी सदस्य बनेका अधिकारी २०४९ नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेका थिए । उनले ०७४ को निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका लोकप्रिय नेता रमश धमलालाई पराजित गर्दै प्रदेश सदस्यमा निर्वाचित भएका थिए । अधिकारीले २० हजार ३६८ मत ल्याउँदा प्रतिद्वन्दी उम्मेदवार नेपाली काँग्रेस रमेश धमला १९ हजार ०१४ मत ल्याएका थिए । यो पटक नेकपा एमालेबाट सुर्य चिन्ह लिएर चुनावी मैदानमा रहेका उनी नेपाली कांग्रेसका गोविन्द लम्साल सँग प्रतिपर्धा गर्दै छन् ।