प्रदेश सांसद डा. रामकुमार अधिकारीद्वारा ५ वर्षे कार्यकालको व्यक्तिगत खर्च सार्वजनिक

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १३, २०७९

धादिङ । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश ‘क’ बाट प्रदेश सांसदमा निर्वाचित भएका डा. रामकुमार अधिकारीले आफ्नो ५ वर्षे कार्यकालमा गरेको व्यक्तिगत खर्च सार्वजनिक गरेका छन् ।

०७४ सालको प्रदेशको चुनावमा धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसका रमेश धमलालाई एकहजार तीन सय ५४ मतले पछि पार्दै अधिकारी विजयी भएका थिए । अधिकारीले २० हजार ३६८ मत प्राप्त गरे भने धमलाले १९ हजार १४ मत प्राप्त गरेका थिए ।
यस्तो छ डा. रामकुमार अधिकारीद्वारा सर्वजनिक खर्च विवरण

म्मा आम्दानी
१. ५४ महिना प्रदेश साँसद र ३महिना १७ दिन राज्यमन्त्री हुँदा कर कटाएर जम्मा बुझेको रकम ३७ लाख ७० हजार

जम्मा खर्च
१. नीलकण्ठ– ३, जिविका होटेल, पुछारबजारमा म र मेरो पीए एवम् साथीहरु करिव ४ वर्ष खाना, खाजा र होटेलको कोठाको भाडा ४ लाख ४ हजार
२. नीलकण्ठ– ३, सिरानबजार सम्पर्क कार्यालय भाडा १ लाख २५ हजार
३. नीलकण्ठ–३, सिरानबजार योग सेन्टरलाई फर्निचर खरिद ७० हजार
४. नीलकण्ठ–३, पुछारबजार कोठा भाडा ५० हजार
५. नीलकण्ठ–३, करिव १ वर्षको जनजिविका होटेल, पुछारबजार, खाना, खाजा १ लाख १० हजार
६. हेटौंडामा करिव ५७ महिना प्रदेश अधिबेशनहरुमा भाग लिँदा, होटेल चार्ज, खाना खर्च, अन्य फुटकर खर्च ४ लाख २५ हजार
७. नीलकण्ठ–३, हरीबहादुर श्रेष्ठ हार्डवेर पुछारबजारबाट बिभिन्न क्षेत्रमा विपद पर्दा सिमेन्ट, रड, जस्तापाता, प्लम्बिङका सामान, खानेपानी र सिँचाईका लागि पाइपहरु किनेर जनतालाई बाँडेको ८ लाख
८. नीलकण्ठ–३, रमेश ढकाल हार्डवेर पुछारबजारबाट विभिन्न क्षेत्रमा विपद पर्दा सिमेन्ट, रड, जस्तापाता, प्लम्बिङका सामान, खानेपानी र सिँचाईका लागि पाइपहरु किनेर जनतालाई बाँडेको १० लाख
९. विभिन्न अन्य हार्डवेर पसलहरु, धादिङबेसीबाट सिमेन्ट, रड, जस्तापाता, प्लम्बिङका सामान, खानेपानी र सिँचाईका लागि पाइपहरु किनेर जनतालाई बाँडेको २ लाख ५० हजार
१०. आफ्नै गाडी पेट्रोल, मर्मत, सर्भिसिङ आदी २ लाख १८ हजार
११. यो झन्डै ५ वर्षमा अन्य फुटकर खर्चहरु, दान, चन्दा, बिरामीलाई सहयोग आदी ३ लाख १८ हजार
जम्मा खर्च रकम ३७ लाख ७० हजार

केही बिशेषताहरु
१. एमाले र माओवादी केन्द्रको साझा उम्मेदवार भै चुनाव जितेको । पार्टी एकता नभए सभासदबाट राजिनामा दिन्छु भनेको र एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएको हुनाले राजिनामा नदिएको । तरपछि अदालतको कारणर अन्य कारणले फेरी फुटेको कारणले आफूले राजिनामा नदिएको ।
२. करीव ३ हजार योजनाहरु जनताबाट माग भै आएकोमा सडक, पुल, झोलुङ्गे पुल, सिँचाई, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, सूचना तथा संचार, महिला, बालकबालिका तथा समाज कल्याण, शान्ती सुरक्षा, खेलकूद, वन, वातावरण, पर्यटन, विद्युत, भवन निर्माण, अन्य पूर्वधार निर्माण, शहरी विकास, उद्योग, भूमी, सहकारी तथा गरीवी निवारण, धार्मिक स्थलहरु र भवनहरुको निर्माण र अन्य योजनाहरु गरेर १ जार ८२ योजनाहरुलाई सम्बोधन गर्न सकेको छु ।
३. सके सम्म पक्षपात नगरी अन्य पार्टीका कार्यकर्तालाई, जनतालाई सहयोग गरेको तर आफ्नै पार्टीकालाई सहयोग नगरेको भनेर आफ्नै पार्टीका नेता, कार्यकर्ताबाट आलोचना भएको ।
४. मैले चुनाव जितेपछी मेरो निर्वाचन क्षेत्रका सबै जनताहरुलाई यो पार्टीका उ पार्टीका नभनी सबैलाई समान व्यबहार गरेर काम गर्न कोशीस गरेको छु ।
५. बागमती प्रदेशबाट धादिङ जिल्लामा करिव २ ० वटा बहुबर्षीय योजनाहरुमा मेरो निर्वाचन क्षेत्रमा मात्र १० वटा परेको छ संघबाट पनि ३ वटा बहुबर्षीय योजना ल्याउन आफु सफल भएको छु । धेरै बहुबर्षिय योजनाहरु कार्यन्वयनका चरणमा रहेका छन् ।
६. केही योजनाहरु आफ्नो निर्वाचन क्षेत्र बाहेकका धादिङ जिल्लाका अन्य निर्वाचन क्षेत्रमा पनि हाल्न सफल भएको छु ।
७. स्थानीय क्षेत्रका सबैपार्टीबाट निर्वाचित जनप्रतिनिधि सँग सुमधुर संबन्ध स्थापना गरीकाम गरेको र पहिलो २ बर्ष यस संबन्धमा म आफुबाट केही कमी, कमजोरी भएको तर बिस्तारै संबन्ध सुधारेर सबै सँग मिलेर काम गरेको गर्न सफल भएको छु ।
८. केही अधुरा योजनाहरु पुरा गर्नुपर्ने अवस्थामा रहेका छन । यो आर्थिक वर्षमा प्रतिपक्षी दल नेकपा एमालेलाई केही योजना दिने भनेर मुख्यमन्त्री मा. राजेन्द्र प्रसाद पाण्डे, आर्थिक मामिला मन्त्री मा. शालिकराम जमकटेल र नेपाली कांग्रेसका संसदीय दलका नेता मा. ईन्द्र बानियाँले लिखित सहमति गर्नुभएको तर कार्यन्वयन नगरेका कारण केही योजनाहरु यो आ.व. मा निर्वाचन क्षेत्रमा हाल्न नसकिएको र केही अधुरा योजना अधुरै रहेको अवगत गराउँदछु ।
९. मेरो कार्यकाल ५ वर्षमा विकासको लागि मेरो निर्वाचन क्षेत्रमा ५ अर्ब ३७ करोड ६५ लाख ल्याउन सफल भएँ ।
१०. दामन पाख्रिन मार्ग साङकोस–रुबीभ्याली सडक कालो पत्रे गर्न ७६ करोड रुपैयाँ विनियोजन गर्ने काममा तत्कालिन बागमती प्रदेश सरकारका मुख्यमन्त्री मा. डोरमणी पौडेल र तत्कालिन भौतिक पूर्वधार विकास मन्त्री मा. रामेश्वर फुयाँलको महत्वपूर्ण योगदान रहेको र त्यसमा मेरो पनि अहम भूमिका रह्यो ।
११. पाल्पा भन्ज्याङ–साँदभन्ज्याङ सडक कालो पत्रे गर्न, सेउली–काउले–नुवाकोट सडक कालो पत्रे गर्ने परियोजना स्वीकृत गर्न पनि तत्कालिन बागमती प्रदेश सरकारका मुख्य मन्त्री मा. डोरमणी पौडेल र तत्कालिन भौतिक पूर्वधार विकास मन्त्री मा. रामेश्वर फुयाँलको महत्वपूर्ण योगदान रहेको र त्यसमा मेरो पनि अहम भूमिका रहेको ।
१२. धादिङबेसी–सेउली–भर्र्याङ्भुरुङ–सेम्जोङ सडक कालो पत्रेगर्ने परियोजना स्वीकृत गर्न पूर्वमन्त्री सुरेन्द्र पाण्डेको ठुलो भूमिका रहेको । त्यसमा मेरो पनि अहम भूमिका रहेको ।
१३. बुढीगण्डकी–मैदीकोट लिफ्टिङ खानेपानी परियोजना र थोपलखोला मानेडाँडा लिफ्टिङ खानेपानी वीकृत गर्न सबैको योगदान रहेको । त्यसमा मेरो पनि अहम भूमिका रहेको ।
१४. ३ महिना १७ दिन सामाजिक विकास राज्यमन्त्री हुँदा बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला अस्पतालहरु र अन्य केही अस्पातलमा अक्सिजन प्लान्ट स्थापना गर्न प्रमुख भूमिका खेलेको, सबै अस्पतालमा पी.सी.आर. सेवा र मृगौंला डायलाइसिस सेवा संचालन गर्न पूर्बाधार तयार गर्न भूमिका खेलेको र कोभिड–१९ महामारीको समयमा सो रोग नियन्त्रण गर्न आफ्नो क्षेत्रबाट भूमिका खेलेको ।
१५. यी सबै १ हजार ८२ योजनाहरुलाई संबोधन गर्न सबै पार्टीका सबै नेताहरुको पनि सहयोग आफूले पाएको ।
१६. संसदमा आफूले प्रदेश विश्व विद्यालय छाता ऐन ल्याउन खेलेको भूमिका, बिध्युतीय सवारी साधन लेफोसिल इन्धन पेट्रोल, डिजेलबाट चल्ने गाडी विस्थापन गर्ने परियोजना निर्माणमा खेलेको भूमिका, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विधेयक ल्याउन खेलेको भूमिका र अन्य विधेयकहरु ल्याउन खेलेको भूमिका साथै जनजिविका र जनसवालका विषयहरुमा आफूले उचित भूमिका निभाएको, मैले संसदमा बोलेका विषयहरुको भिडिओ क्लिप कसैलाई चाहिएमा आफुले उपलब्ध गराउन तयार रहेको र आफ्नो निर्वाचन क्षेत्रका जनताको प्रतिनिधि भनेर शीरठाडो हुने र गर्वगर्न सक्ने भूमिका निभाउन भर मग्दुर प्रयास गरेको छु ।
१७. जनताको रगत र पसिनाबाट उठेको राजस्वबाट भत्ता बुझेको कुरा आफूले संधै सम्झी रहेको, त्यसलाई दुरुपयोग हुन कुनै हालतमा नदिएको, आफ्नो देशमा काम नपाएर अर्काको देशमा काम गर्न गएका युवाले कमाएको पैसाबाट आफ्नो देशको खर्च चलेको र विदेशमा काम गर्न जाँदा मृत्यु भएर बाक्सामा लास आउँदा वा त्यो लास घर सम्म समयमा ल्याउन नसक्ने देशको जनप्रतिनिधि हुनु पर्दा मर्माहत हुँदै आफू एक्लै धेरै पटक भाबुक भएको छु ।
१८. नेपाललाई विश्वको एक विकसित मुलुक बनाउने र नेपालीलाई विकसित देशका नागरिक सरह बनाउने महाअभियानमा हामी अविचलित, अविश्राम लाग्नै पर्दछ । आफू अब चुनाव उठेपनि नउठेपनि जितेपनि हारेपनि जनताको सेवामा बिना भेदभाव जीवन भर लागि रहने विश्वास दिलाउँदै सम्पूर्ण मतदाताहरुलाई पुन धन्यवाद दिन चाहन्छु र आउँदै गरेको नेपालीहरुको महानपर्वहरुको अवसरमा सम्पूर्ण आमा, बुवा, दिदी, बहिनी, दाजु, भाई सबैमा सु–स्वास्थ, उत्तर उत्तर प्रगती र मंगलमय शुभकामना व्यक्तगर्न चाहन्छु । धन्यवाद
डा. रामकुमार अधिकारी