आगामी आव ०८१/८२ को नीति तथा कार्यक्रममा सरकारले यसै वर्ष विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने उल्लेख गरेको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने र खेल क्षेत्रमा महिला सहभागिता बढाइनेमा ध्यान दिने घोषणा गरेका हुन् ।