धादिङ उद्योग वाणिज्य संघको अधिवेशन नरोक्न अन्तरिम आदेश

Avatar photo
Dhadingpost
चैत्र ९, २०७८

धादिङ । धादिङ उद्योग वाणिज्य संघ धादिङको २८ औं वार्षिक साधरण सभा तथा १० औं अधिवेशन नरोक्न जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गरेको छ ।

धादिङ उद्योग वाणिज्य संघ धादिङले चैत १० देखि १२ सम्म २८ औं वार्षिक साधरण सभा तथा १० औं अधिवेशन गर्ने सूचना जारी भए सँगै चुनावको चहलपहल समेत भैसकेको छ । कांग्रेस र एमालेको एउटा गठबन्धन, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अर्को अठबन्धन बीच चुनाव हुने देखिएको छ ।

यहि माहौलका बीच एमाले निकट व्यवसायी तिलक सिंखडा र कांग्रेस निकट व्यवसायी राजकुमार श्रेष्ठले चुनाव विना कारण चुनाव सार्ने तयारी भएकोले चुनाव सार्नुपर्ने कुनै कारण नभएको भन्दै अदालत पुगेका थिए ।

तत्पश्चात आज जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गर्दै अधिवेशन नरोक्न भनेको हो । हामीले यस विषयमा अध्यक्ष रुद्रबहादु्र खत्री सँग के अधिवेशन सार्ने तयारी गर्नुभएको थियो र ? भनेर सोधेका थियौ । अधिवेशन सार्ने कुनै तयारी थिएन । हामी अधिवेशन कै अन्तिम तयारीमा रहेको उनले बताए ।

कांग्रेस एमाले गठबन्धनले अध्यक्षमा विष्णु प्रसाद थपलियालाई अध्यक्षमा अघि सारेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले पूर्व अध्यक्ष समेत रहेका बोदनाथ दुवाडीलाई अगाडी सारेको छ ।