एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा संजिव पाण्डे चयन

Avatar photo
Dhadingpost
चैत्र १, २०७८

धादिङ । नेकपा (एमाले) को धादिङ-काठमाण्डौ सम्पर्क मञ्चको ११ औं सम्मेलनबाट अध्यक्षमा संजिव पाण्डे चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न उक्त सम्मेलनले उपाध्यक्षमा अर्जुन तिमल्सिना र सिता कँडेल, सचिवमा कमल थापा मगर, उपसचिवमा होमनाथ जमरकटेल र संगिता कार्की, कोषाध्यक्षमा शिव सेंडाईलाई चयन गरेको छ ।

सम्मेलनमा पूर्व मन्त्री एवम् एमालेका नेता लालबाबु पण्डितको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा एमाले धादिङका उपाध्यक्ष एवम् संविधान सभा सदस्य धनबहादुर घलेको विशेष आतिथ्यता रहेको थियो ।