
धादिङ । नेकपा उमाले निकट लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन जिल्ला कमिटी धादिङको दोस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी धादिङका सचिव अर्जुन श्रेष्ठ (गोर्खाली) को प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिबेशनले सिता रिजालको अध्यक्षतामा पदाधिकारीसहित १५ सदस्य कमिटी सर्बसहमतिले निर्वाचित गरेको हो ।
कमिटिको उपाध्यक्षमा दुर्गा थपलिया, सचिव जानुका सुबेदी, कोषाध्यक्ष बाबुकाजि श्रेष्ठ निर्वाचित भएका छन् । कार्यक्रममा नवनिर्वाचित कमिटीलाई नेकपा एमाले जिल्ला कमिटी धादिङका सचिव अर्जुन श्रेष्ठ र उपसचिब राधिका सापकोटाले टिका लगाई बधाई ज्ञापन गरेका थिए ।
