
धादिङ ।
मोरङ: केराबारी गाउँपालिका(५ बस्ने मिना कुमारी मगरको घरमा चुल्होबाट आइतबार दिउँसो आगलागी हुँदा कच्ची घर र गोठ समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बारा: देवताल गाउँपालिका(१ बड्कीफुलवरीया बस्ने भिखारी राय यादवको मदिरा पसल तथा खाजा होटेलमा आइतबार राति आगलागी हुँदा करिब ९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी: धरान उपमहानगरपालिका(७ सुक्रपथस्थित संजिव प्रधानको धरान मोटरसाईकल रिपियर्स ग्यारेजमा विद्युत सर्ट भई आइतबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल आउन बाँकी रहेको छ ।
पर्सा: बहुदरमाई नगरपालिका(४ डकैला बस्ने बसबुलाल साहको सृष्टि टायर रिपेयरिङ पसलमा सोमबार बिहान आगलागी हुँदा सोही ठाउँ बस्ने विजय साह कानुको पूजा होटल, लालबाबु साहको फर्निचर पसल र सुनदेव ठाकुरको हेयर कटिङ पसल समेत जलेर करिब १३ लाख ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
