चोरीमा संलग्न २० वटा सवारी साधन प्रहरी नियन्त्रणमा

Avatar photo
Dhadingpost
फाल्गुन २७, २०७८

च्छकामना । चितवनमा नदिजन्य पदार्थको चोरी कार्यमा संलग्न २० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिईएको जनाएको छ ।

इच्छकामना-७ भालुमारामा बिहिबार नदिजन्य पदार्थको उत्खनन तथा ओसार पोसार गरिरहेको अबस्थामा ४ वटा जेसिवी लोड गरिसकेका १० वटा टिफर र ६ वटा ट्रयाक्टर गरी जम्मा २० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

नियन्त्रणमा लिएका सवारी साधनलाई आवश्यक कार्बाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय, भरतपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।